साउन ५,
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महाधिवेशन प्रतिनिधिका लागि साउन १६ गतेदेखि दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार बसेको बैठकले ७ प्रदेशका १२ ठाउँमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको प्रतिष्ठानका सचिव मुक्ति आचार्यले जानकारी दिएका छन् । प्रतिष्ठानले डा। जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समिति गठन गरेको छ...
एजेन्सी, साउन ५,
काठमाडौं । बाढीबाट बच्नको लागि सुख्खा र सुरक्षित स्थान खोज्दै एउटा बाघ घरभित्र ओछ्यानमा आराम गरिरहेको अवस्थामा फेला परेको छ। यो घटना हो भारतको बाढीग्रस्त क्षेत्र आसाम राज्यको। आसामको बाढीले प्रभावित काजिरंगा राष्ट्रिय निकुञ्जबाट आफ्नो ज्यान जोगाउन उक्त बाघ घरभित्र पसेको हो।बाघ घरभित्र ओछ्यानमा आराम गरिरहेको वन्यजन्तु अधिकारीहरूले सार्वजनिक गरेको भिडिओमा प्रष्ट देखिन्छ। सो भिडिओमा टिनको छानोमा...
साउन ५,
काठमाडौ । काठमाडौं महानगरपालिकाले तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने अत्याधुनिक उपकरणसहितको मोबाइल भ्यान ल्याउने भएको छ। महानगरपालिकाको पाँचौ नगर अधिवेशनको चौथो पटक बसेको बैठकले १५ अर्ब, ५० करोड, ७० लाख, १२ हजार रुपैयाँको बजेट पनि पारित गरेको छ। बैठकले विषादी परीक्षण गर्ने अत्याधुनिक मेसिन खरिद गर्ने निर्णय गरेको आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले...
साउन ५,
काठमाडौं । प्रहरीले काठमाडौंको नागढुंगा नाकाबाट दुई किलो सुनजस्तो देखिने पहेँलो धातुसहित एक जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त, थानकोटको टोलीले भैरहवाबाट आउँदै गरेको ट्रकबाट एक जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेको नाम खुलाइएको छैन ।सुन होरहोइन भन्ने परीक्षणपछि मात्रै विवरण खुलाइने थानकोटका डीएसपी कुमारविक्रम थापाले अनलाइनखबरलाई बताए । थप अनुसन्धान भइरहेको उनको भनाइ छ...
साउन ५,
चितवन । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप (मिनी पानीजहाज) सञ्चालनमा आउने भएको छ । क्रुज दशैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । क्रुज सञ्चालन गर्ने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले शनिबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी दशैँ अगाडि क्रुज सञ्चालनमा ल्याइने जानकारी दिएको हो । सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्न...
साउन ५,
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तत्कालीन माओवादीले स्कुल विभागको दाबी नछाड्ने भएको छ । सचिवालय बैठकअघि आइतबार विहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ (प्रकाश) र रामबहादुर थापा (बादल)बीच छलफल भएको थियो ।खुमलटारमा भएको छलफलमा अध्यक्ष प्रचण्डले स्कुल विभागबारे सहमति भइनसकेको ब्रिफिङ गरेका थिए । स्रोतले भन्यो, ‘स्कुल विभागमा अडान नछाड्ने सहमति भएको छ...
साउन ५,
भक्तपुर । सूर्यविनायक नगरपालिकास्थित सिर्जनानगरको झाडीमा आज एक शव भेटिएको छ । सिर्जनानगर बस स्ट्याण्डसँगैको सडक पेटीको भित्तामा घाँसे झाडीभित्र अन्दाजी ५० देखि ५५ वर्षकी महिला मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।पहिचान खुल्न नसकेको मृतक महिलाको टाउकोमा चोट लागेको पाइएको जानकारी दिँदै उहाँले शव परीक्षणको रिपोर्टपछि मात्रै हत्या...
एजेन्सी, साउन ५,
काठमाडौं । नाइजेरियाको लागोस सहरको विमानस्थलमा उड्नका लागि टेकअप गरिरहेको विमानको पंखामा एक व्यक्ति चढे । विमानको पंखामा मान्छे चढ्दै गरेको देखेपछि विमानमा रहेका सबै यात्रु अत्तालिएका थिए । नाइजेरियाको समाचार एजेन्सीले मुर्तला मुहम्मद अन्तर्राष्ट्रिय विमानस्थलमा विमान टेकअपका लागि क्लियरेन्सको पर्खाइमा रहेका बेला एक व्यक्ति पंखमा चढ्दै गरेको देखिएको थियो ।अजमान एयरको विमानतर्फ एक व्यक्ति आएको देखेपछि...
साउन ५,
हेटौंडा । मकवानपुरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको छ । मकवानपुरको मनहरी गाउँपालिका ९ रजैयामा गाँजा तस्कर समूहले प्रहरीमाथि गोली चलाएपछि दोहोरो गाेली हानाहान भएकाे हाे । साे क्रममा गाँजा तस्करको गोली लागेर नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक घाइते भएका छन् । घाइते हुनेमा असइ नविन विक्रम थापा रहेका छन् ।गाँजा तस्करका मुख्य नाइके कुमार...
साउन ५, २०७६
उदयपुर । च्याउ खाएर उदयपुरमा १२ जना बिरामी परेका छन् । छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर ३ परिवारका १२ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । च्याउ खाएर त्रियुगा नगरपालिका –९ राजाबासमा १ परिवारका ५ जना र कटारी नगरपालिका –४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएका हुन् । राजावासका ४० वर्षीय चित्रबहादुर दनुवार,...










