मकवानपुरमा प्रहरी र गाँजा तस्कर बीच गोली हानाहान, प्रहरी सहायक निरीक्षक घाइते

177
सांकेतिक तस्विर

साउन ५,
हेटौंडा । मकवानपुरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको छ । मकवानपुरको मनहरी गाउँपालिका ९ रजैयामा गाँजा तस्कर समूहले प्रहरीमाथि गोली चलाएपछि दोहोरो गाेली हानाहान भएकाे हाे । साे क्रममा गाँजा तस्करको गोली लागेर नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक घाइते भएका छन् । घाइते हुनेमा असइ नविन विक्रम थापा रहेका छन् ।

गाँजा तस्करका मुख्य नाइके कुमार स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ । अन्य ५–६ जनाको समूह फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप जानकारी गराउँन २ बजे पत्रकार सम्मेलनमार्फत जानकारी दिने मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) मुकेश कुमार सिंहले जानकारी दिए ।