साउन ८,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले कार्यविभाजन र जिम्मेवारी बाँडफाडमा ५ वटा कुरामा ध्यान दिन सुझाव दिएका छन् । नेकपामा कार्यबिभाजन र जिम्मेवारी बाँडफाडका बारेमा बहस भाईरहेका वेला भट्टराइले योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिनुपर्ने, कुनैपनि व्यक्तिलाई स्थायी रुपमा कुनै जिम्मेवारी दिन नहुने, एकएक वर्षमा जिम्मेवारी हेरफेर गर्नुपर्ने लगायतका ५ बिषयमा...
साउन ८,
काठमाडौं । तपाईंले आकाशमा इन्द्रधनुष लागेको बेलामा याद गर्नुभएको छ– सधैं यो सूर्यको विपरीत दिशामा लागेको हुन्छ । यस्तो किन हुन्छ ?तपाईं हामीलाई थाहा भएकै कुरा हो– सूर्यको प्रकाश सात वटा रंगहरु मिलेर बनेको हुन्छ । यो कुरा सर्वप्रथम महान वैज्ञानिक न्यूटनले पत्ता लगाएका थिए । उनले प्रिज्मबाट सूर्यको प्रकाश छिराएर त्यस प्रकाशमा सात वटा रंगहरु हुन्छन् भन्ने...
साउन ८,
काठमाडौं । ज्ञानेन्द्र मल्लको विस्फोटक ब्याटिङसँगै नेपालले मलेसियालाई ७ विकेटले हराएको छ । टी–२० विश्वकप छनोटको एसिया फाइनलमा पहिलो जित हात पारेको छ । नेपाललाई जित दिलाउन प्रारम्भिक ब्याट्सम्यान मल्लले नेपालको तर्फबाट सबैभन्दा छिटो पचास रनको कीर्तिमान राखेका छन्।
२१ बलको सामना गरेका उनले ५ चौका र ३ छक्काको मदतमा ५१ रन बनाए । यो नेपाली खेलाडीले सबैभन्दा...
साउन ८,
काठमाडौं । चालु आर्थिक वर्ष ०७६र७७ को मौद्रिक नीति आज बुधबार सार्वजनिक हुने भएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिबाकोटीले बुधबार अपराह्न ४ बजे र्याडिसन होटल, लाजिम्पाटमा मौद्रिक नीति सार्वजनिक हुने जानकारी दिए ।‘हाम्रो सञ्चालक समितिबाट मौद्रिक नीति पारित भइसकेको छ’, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘साँझ ४ बजे सार्वजनिक हुने पक्का भइसक्यो ।’...
साउन ८,
काठमाडौं । देशका विभिन्न स्थानमा बाढी पहिरो र डुबानको जोेखिम रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बुधबार जारी सूचना गर्दै मुलुकका अधिकांश स्थानमा भारी वर्षा भएसँगै विभिन्न जिल्लामा बाढी पहिरो र डुबानको जोखिम बढेको जनाइएको हो ।राष्ट्रिय आपतकालिन उद्धार केन्द्रले बुधबार बिहान गण्डकीको चुरे र पहाडबाट बहने साना नदीमा उच्च बहावको सम्भावना रहेकोले तटीय क्षेत्रमा उच्च सतर्कता...
साउन ८,
काठमाडौं । गए रातिदेखि मकवानपुरमा भीषण वर्षा भएको छ । वर्षाले मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध गरेको जनाइएको छ । असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौँडा आवतजावत बन्द भएको छ ।त्यस्तै हेटौँडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको प्रहरीले जनाएको छ । शिवम्...
साउन ८,
बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको खोडपेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुईजना घाइते भएका छन्। तीमध्ये एकको अवस्था गम्भीर रहेको छ। मृत्यु हुनेको सनाखत हुन सकेको छैन। घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ। गम्भीर घाइतेको परिचय खुल्न सकेको छैन। अर्का घाइते दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुका हिक्मत सामन्त रहेको इलाका...
कान्तिपुर दैनिक
साउन ८, काठमाडौँ । झन्डै सवा शताब्दीअघि महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मेका थिए, काठमाडौं डिल्लीबजारमा । बुबा तिलमाधवले अंश छुट्याइदिएपछि अलिक तल मैतीदेवीमा उनले ‘कविकुञ्ज’ बनाए । पुरानो इँटाको यही चारतले घरमा देवकोटाले जीवनका अधिकांश समय बिताए । उनी घरको दोस्रो तलामा सुत्थे । साहित्यिक सिर्जना लेख्थे । चुरोट तान्दै झ्यालबाट मैतीदेवीको हरियो फाँट हेर्थे । यही ऐतिहासिक घर साहित्यिक संग्रहालय बन्ने प्रक्रियाले फड्को...
-अन्नपूर्ण पोष्ट
साउन ८, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले पूर्वमाओवादी कार्यकर्तालाई बिनाप्रतिस्पर्धा धमाधम ठेक्का दिन थालेको छ। आयोजनाले साविकको ठेकेदार सीएमसीले छाडेर बाँकी रहेका कामको जिम्मेवारी सेटिङमा पूर्वमाओवादी कार्यकर्तालाई दिएको हो।आयोजना प्रमुख सूर्यराज कँडेलले बिनाप्रतिस्पर्धा तीन करोड रुपैयाँको मेलम्चीको मुहान मध्येको काम श्रेष्ठ कन्स्ट्रक्सन भन्ने ठेकेदारलाई दिएका थिए। कन्स्ट्रक्सनले पूर्वमाओवादीका तीन कार्यकर्तालाई उक्त ठेक्काको पनि उपठेक्का लगाएको छ।मन्त्रिपरिषद्ले गत जेठ...
नागरिक दैनिक
साउन ८, काठमाडौं । पेस्की लिएर पनि आयोजना निर्माण अघि नबढाउने एक हजार ८ सयभन्दा बढी कम्पनी/ठेकेदारमाथि गृह मन्त्रालयले छानबिन थालेको छ। जलविद्युत्, सडक, पुललगायत आयोजना निर्माणबापत सरकारी निकायबाट ‘मोबिलाइजेसन पेस्की’ लिएर काम नगर्ने कम्पनी र ठेकेदारमाथि गृह मन्त्रालयले छानबिन थालेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगमा परेका उजुरीका आधारमा पेस्की लिएर काम नथाल्ने निर्माण कम्पनी र ठेकेदार...










