साउन ८,
काठमाडौं । देशका विभिन्न स्थानमा बाढी पहिरो र डुबानको जोेखिम रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बुधबार जारी सूचना गर्दै मुलुकका अधिकांश स्थानमा भारी वर्षा भएसँगै विभिन्न जिल्लामा बाढी पहिरो र डुबानको जोखिम बढेको जनाइएको हो ।
राष्ट्रिय आपतकालिन उद्धार केन्द्रले बुधबार बिहान गण्डकीको चुरे र पहाडबाट बहने साना नदीमा उच्च बहावको सम्भावना रहेकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चेतावनी दिएको छ ।
केन्द्रले सामाजिक सञ्जाल फेसबुकमार्फत चितवन, पर्सा, बारा, मकबानपुर, नवलपरासी, पाल्पा, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, झापा, मोरङ, सुनसरी लगायत प्रदेश १, २, ३, ५, गण्डकीको चुरे र पहाडबाट बहने साना नदीमा उच्च बहावको सम्भावना रहेको जनाएको छ ।
श्रावण ०८
आज चितवन,पर्सा, बारा, मकबानपुर, नवलपुर, परासी,पाल्पा,अर्घाखाँची,रूपन्देही,कपिलबस्तु, दाङ,बाँके,बर्दिया,कैलाली,कञ्चनपुर, झापा, मोरङ, सुनसरी लगायत प्रदेश १,२,३,५, गण्डकीको चुरे र पहाडबाट बहने साना नदीमा उच्च बहावको संभावना, तटिय क्षेत्रमा उच्च सतर्कता अपनाऔ @NEOCOfficial pic.twitter.com/s5loaZNlDh— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 24, 2019