भक्तपुर । नेकपा एमाले चाँगुनारायण नगरपालिका वडा नं. २ कमिटिले वडाका बासिन्दाको दुःखमा थोरै भएपनि साथ दिने भएको छ । जिवनमा जन्मसंगै आउने मृत्युको दुःखद क्षणमा रहेका परिवार जनलाई साथ दिने उद्देश्य लिएर निःशुल्क शव वहानको व्यवस्था गरिएको वडा कमिटीका अध्यक्ष मनोज के.सीले जानकारी दिनु भएको छ ।'सामाजिक कार्यमा सक्रिय रहदैं आएको समता सचेतना समाजले संचालन गरिरहेको शव...
म्याग्दी : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविले जग्गा भाडामा लिएर तरकारी खेती गरेको छ। छात्रावासका लागि आवश्यक पर्ने तरकारी विद्यालय आफैले उत्पादन गरेको हो। विद्यालयका प्रधानाध्यापक मनबीर किसानले दुई रोपनी जग्गा भाडामा लिएर रायोसाग, काउली, बन्दा, आलु, फर्सी, जुगेनी, मुला, जागरलगायत तरकारी उत्पादन गरिएको बताए। ‘सरकारले हिमाली विद्यालयका छात्रावासका लागि मासिक रु. चार हजारका...
बागलुङ : बागलुङको बुर्तिबाङमा घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार पुनः निर्माणका क्रममा एक्कासी घर भत्किँदा काम गरी रहेका घर धनी विकसहित अन्य ११ जना मजदुर घाइते...
काठमाडौँ : ललितपुरस्थित कुपण्डोलमा मुख्य सडक नै भासिएर परेको भ्वाङ सडक विभागले टाल्न सुरु गरेको छ। आज कुपण्डोलबाट पुल्चोतर्फ होटल हिमालयको अगाडि सडकमा भ्वाङ परेर पानी नै छ्यालब्याल भएको थियो।जसले यातायात प्रभावित भएको थियो। अहिले निर्माणको काम जारी रहेको छ। भ्वाङ परेको केही घण्टामै मर्मत थालिएको हो।
काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई गणतान्त्रिक देश रहन नदिने प्रयास भइरहेको बताएका छन्। नेपाललाई गणतान्त्रिक देश रहन नदिने, शान्ति सुव्यवस्था‚ ल एण्ड अडर कायम रहन नदिने र विकास र समृद्धिको बाटोमा अघि बढ्न नदिने प्रयास भइरहेको प्रधानमन्त्री ओलीको दावी थियो। नेकपा (एमाले)ले शनिवार काठमाडौंमा आयोजना गरेको स्थानीय तहमा जनसंगठन सुदृढीकरण कार्यशाला गोष्ठीमा बोल्दै...
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसद अवरोध जारी राख्ने भएको छ। शुक्रवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संसद अवरोध सही भएको भन्दै जारी रहने निर्णय गरेको हो। बैठकबारे जानकारी दिँदै प्रमुख सचेतक हितराज पाण्डेले माओवादीद्वारा सञ्चालित १० वर्षे सशस्त्र जनयुद्धलाई हिंसाको रुपमा अपमानित गरिएकाले हिंसा शब्द संसदको रेकर्डबाट नहटाएसम्म संसद अवरोध जारी रहने बताए। उनले पार्टीका...
काठमाडौँ : सरकारले कृषि विकासका लागि अन्ताराष्ट्रिय कोषबाट करिब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ। शुक्रवारको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिएका हुन्।उक्त रकम ऋण सहायता स्वीकार गर्ने र वित्तीय सम्झौतामा हस्ताक्षर गर्न अर्थमन्त्रालयलाई अनुमति दिएको छ। यसैगरी दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग विद्युत्...
काठमाडौँ : अनेकन् बेथितिले गाँजिएको देशकै जेठो त्रिभुवन विश्वविद्यालय(त्रिवि) पछिल्लो समय सुधारको बाटोमा देखिन थालेको छ। परीक्षा नतिजा प्रकाशन गर्न एक वर्षभन्दा बढी समय लाग्ने गरेकोमा केही समयदेखि समयमै नतिजा प्रकाशन गर्न थालिएको छ। परीक्षा सकिएको चार दिनमै नतिजा प्रकाशन पनि भइसकेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार गत साउन ९ गते सकिएको मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर...
यौन स्वास्थ्य । यौनको समयमा चरमोत्कर्षमा पुग्नुपूर्व नै वीर्य स्खलन हुन्छ भने यस्तो स्थितिलाई नै शीघ्रपतन भनिन्छ । यदि यसको उपचार समयमा नै गरिएन भने अवस्था झन् घातक हुन सक्छ ।डबल कन्डमजो अर्गाजम अथवा चरमोत्कर्षमा पुग्नुभन्दा पहिले नै स्खलित हुन्छन्, उनीहरुले दुईओटा कन्डमको प्रयोग गर्नु उचित हुने मेनोपज अर हार्मोनल अफेक्टिङ लिबिडोकी विशेषज्ञ शहजादी हार्पर बताउँछिन् ।सेलेक्टिभ सेरोटोनिन रिअप्टेक...
जलेश्वर । काठमाडौँमा बस्दै आएका भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता भएका छन्। उनी कामको सिलसिलामा जनकपुर पुगेपछि परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगुहार गरिएको छ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनले २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा गरेका थिए। सोही दिन अपराह्न ३ बजेदेखि...










