Thursday, September 24, 2026
Home समाज कुपण्डोल सडकमा परेको भ्वाङ केही घण्टामै सडक विभागले टाल्न थाल्यो

कुपण्डोल सडकमा परेको भ्वाङ केही घण्टामै सडक विभागले टाल्न थाल्यो

43

काठमाडौँ : ललितपुरस्थित कुपण्डोलमा मुख्य सडक नै भासिएर परेको भ्वाङ सडक विभागले टाल्न सुरु गरेको छ। आज कुपण्डोलबाट पुल्चोतर्फ होटल हिमालयको अगाडि सडकमा भ्वाङ परेर पानी नै छ्यालब्याल भएको थियो।जसले यातायात प्रभावित भएको थियो। अहिले निर्माणको काम जारी रहेको छ। भ्वाङ परेको केही घण्टामै मर्मत थालिएको हो।