पोर्न कम्पनीविरूद्ध बोलिन् मिया खालिफा

283

साउन ३०,
एजेन्सी । पोर्न भिडियो बनाउने उद्योगमा सोझा महिलालाई काम गर्न प्रेरित गर्दै शोषणको सिकार बनाउने गरेको कुरा पूर्व पोर्नस्टार मिया खालिफाले बताएकी छिन्। पोर्न उद्योगविरूद्ध बोल्दै उनले सोझा महिलालाई फसाउने गरेको बताएकी हुन्। आफ्ना अतीतबारे बोल्न नचाहने खालिफा अमेरिकी लेखक मेगन अबोटसँग धेरै कुरा खुलेर सुनाइन्। २६ वर्षीया खालिफाले सन् २०१४ देखि २०१५ सम्म पोर्न उद्योगमा काम गरेकी थिइन्। उनले आफ्नो विगतबारे हुने अनेक टिप्पणीले कुनै असर नगर्ने पनि बताइन्। ‘जसले मेरो अतीतबारे अनेक टीकाटिप्पणी गर्छ। मैले ती सबै कुराहरू भुलेर जीवनमा उज्यालोको खोजी गर्न जरुरी छ।ु उनी भन्छिन्, ‘ म विगत भुल्न चाहन्छु। साधारण तरिकाले आफ्नो जिन्दगी गुजार्न चाहन्छु।’ पोर्न दुनियाँमा आएको छोटो समयमा नै उनी पोर्न साइटमा नम्बर १ पोर्नस्टार बनेकी थिइन्।

मान्छेहरूलाई पोर्न दुनियाँमा लागेर खालिफाले उल्लेख्य कमाइ गरी भन्ठान्छन्। तर आफूले जम्मा १२ हजार डलर मात्र कमाएको उनले बताइन्। उनी भन्छिन्, ‘मैले पोर्न उद्योग छोडेर अन्यत्र जागिरका लागि निवेदन दिँदा पनि काम पाउन मुस्किल भएको छ।’ बाहिरबाट देखेर र सोचेजस्तो रङ्गिन पोर्न उद्योगमा भित्री पाटो भने कहालीलाग्दो रहेको बताइन्। छोटो समय पोर्न उद्योगमा काम गरेकी लेवनानी मूलकी अमेरिकी खालिफा विवादमा पनि तानिएकी थिइन्। उनले हिजाब लगाएर पोर्न सुटिङ गरेकी थिइन्। जसले गर्दा मुस्लिम समुदायले विरोध गरेको थियो। उनलाई मुस्लिम समुदायको बेइज्जत गरेको आरोप लागेको थियो। आतङ्कवादी सङ्गठन(आईएसआईएस) ले खालिफाको सुट गरेको भिडियोको कारण ज्यान मार्ने धम्की दिएको थियो।

खालिफा भन्छिन्,’ मेरो भिडियो जब प्रकाशन भयो। तब हङ्गामा भएको थियो। आइएसआइएसले मलाई ज्यान मार्ने धम्की दियो। उनीहरूले मेरो गुगल म्यापको मद्दतले मलाई तस्बिर पठाउँथे।’ आइएसआइएसले आफूलाई ज्यान मार्ने धम्की दिँदा कयौँ दिन होटेलबाट बाहिर निस्किन नसकेको पनि उनले बताइन्। इन्स्टाग्राममा सक्रिय खालिफाका १७ लाख फलोर्स रहेका छन्। इन्स्ट्राग्राममा पनि आफूलाई धम्की आउने गरेको बताउने उनले अचेल आफूलाई साना(साना धम्कीले आफूलाई कुनै असर नगर्ने स्वीकार गरिन्। उनी भन्छिन्, ‘म सोच्छु आइएसआइएस भनेको को होरु के यिनीहरूको धम्कीले मलाई मर्छुरु मर्दिन। त्यसो भए ठीक छ नि।’ खालिफाले पहिलो भिडियो अक्टोबर २०१४ बनाएकी थिइन्। उनले आफ्नो यो काम कसैलाई बताउन चाहँदैन थिइन्। तर उनी छोटो समयममै नम्बर १ पोर्न स्टार बनिन्।