Friday, July 31, 2026
Home Blog Page 1349
भदौ १३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६ लाई प्रमाणित गरेकी छिन् ।नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणित गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।-रासस
भदौ १३, काठमाडौं । सुदुरपश्चिमका व्यापारी प्रकाश साउदले घुसको रकम ३५ प्रतिशत पुगेको बताएका छन् । अर्थमन्त्री डा।युवराज खतिवडाको सामुन्ने उनले केही वर्ष अघिसम्म १० प्रतिशत घुस दिएर हुने ठाउँमा अहिले बढेर ३५ प्रतिशत पुगेको बताएका हुन ।चेम्बर अफ कमर्शले शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा उनले भने,’अहिले कर्मचारीलेनै घुसको रकम बढेको र त्यो रकम विभिन्न नेता र कर्मचारीलाई बुझाउनुपर्ने बताउँछन्।...
भदौ १३, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद गगन कुमार थापाले सडक विभाग पुल्चोकमा धर्नामा उत्रिएका छन् । उनीसहित प्रदेशसभा सांसद र स्थनीयवासीले सो क्षेत्रका १२ वटा सडक अलपत्र पारिएको भन्दै धर्ना सुरु गरेका हुन् ।सांसद थापाले यो विषयमा संसदमा मन्त्रीलाई प्रश्न सोध्दा मन्त्रीले जवाफ नै नदिएको बताएका छन् । अबको एक हप्ताभित्र...
भदौ १३, काठमाडौं । लोकप्रिय हास्य टेलिश्रृखंला 'भद्रगोल'का प्रमूख कलाकर ,लेखक तथा निर्देशक कुमार कट्टेल 'जिग्री'ले आफ्ना दर्शकसँग सुझाव मागेका छन्। विगत केहि समयदेखि नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको कार्यक्रम प्रसारण गराउने एजेन्सी मिडिया हब र उत्पादन गर्ने कम्पनीबीच विवाद भएका कारण रोकिदैं आएको छ।बिहिबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै कट्टेलले 'भद्रगोल'को नाम,डिजाइन ,लेखन,निर्माण,निर्देशन गर्ने आफूहरूसँग 'भद्रगोल'को नामको अधिकार आफूहरूसँग नभएको...
बीबीसी, भदौ १३, काठमाडौं । भारतले जम्मू-कश्मीर राज्यको विशेष संवैधानिक हैसियत खोस्ने दिल्लीको निर्णयपश्चात् पाकिस्तानले भारतको विरोधमा चर्को आक्रोश पोखिरहेको छ। पाकिस्तानका रेलमन्त्री शेख रशीद अहमदले त अक्टोबर वा नोभेम्बरतिर भारतसँग युद्ध हुन सक्ने समेत बताएका छन्। “अक्टुबरको अन्त्यतिर वा नोभेम्बर-डिसेम्बरतिर भारत-पाकिस्तानबीच युद्ध हुने जस्तो देख्दैछु,” पत्रकारहरूसँग बोल्दै रेलमन्त्री अहमदले भने। “यसका लागि जनतालाई तयार पार्न लागेको छु। युद्ध हुन्छ...
भदौ १३, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि गोकुल बाँस्कोटाले संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने विषय मिडिया काउन्सिलविधेयकमा नरहेको स्पष्ट पारेका छन् । शुक्रबार राष्ट्रियसभाको बैठकमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सांसदरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री बाँस्कोटाले प्रेसलाई व्यवस्थित र मर्यादित बनाउनका लागि सरकारले विधेयक ल्याएको बताए ।लोकतन्त्र गणतन्त्र स्थापित नहोस्, भद्रगोल होस्, प्रणालीले...
भदौ १३, सुर्खेत । सुर्खेतको कटकुवास्थित जंगलमा झन्डै तीन सय गाई  भीरबाट खसालिएको छ। भीरबाट खसाल्दा बाछीसहित २२ गाई मरेका छन् अरू घाइते भएका छन्। नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउन लागेका कटकुवास्थित जंगलमा बिहीबार राति भीरबाट खसालिएको हो। नेपालगञ्ज विर्ताको काञ्जी हाउसबाट दैलेख लैजान भनेर २ सय ९१ गाई ल्याएको थियो । गाई कसको जिम्मामा दैलेख पठाइएको हो भन्ने खुलेको छैन्।नेपालगञ्ज...
भदौ १३, काठमाडौ । शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ४ सय र तेजावीको ७२ हजार १ सय रुपैयाँ तोकेको छ । बिहीबार प्रतितोला ७३ हजार ४ सय पुगेको सुनको मूल्य शुक्रबार घटेको छ। नचाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला चाँदीको मूल्य ८...
भदौ १३, काठमाडौं । चलचित्र ‘छ माया छपक्कै’को पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘जुनको जुनेली’ बोलको गीत पनि सार्वजनिक भएको हो । चलचित्रलाई असोजको २४ गतेबाट रिलिज गर्ने जानकारी सार्वजनिक गीतमा मार्फत गराईएको छ । बसन्त थापा र मिना निरौलाको स्वर, बसन्त थापाको संगीत र राजेन्द्र थापाको शब्द रहेको गीतमा चलचित्रका मुख्य कलाकारहरुलाई फिचरिङ गरिएको छ ।...
एजेन्सी, भदौ १३, काठमाडौं । सामाजिक सञ्जालले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा हानी पुर्‍याउने एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार सामाजिक सञ्जालले विज्ञले सोचेभन्दा पनि जटिल रुपमा किशोर/किशोरीहरूमा डिप्रेसनलगायतका मानिसक समस्या निम्त्याउने उल्लेख गरेको छ। १३ वर्षदेखि १६ वर्षसम्म उमेरसमूहका एक हजार बालबालिकाको अन्तवार्ता लिएर गरिएको सो अध्ययन 'द ल्यानसेट चाइल्ड एन्ड एडोलोसेन्ट हेल्थ'मा प्रकाशित छ।अध्ययनकर्ताहरूले सामाजिक सञ्जालले विशेषगरी किशोरीहरूमा...