Friday, July 31, 2026
Home Blog Page 1346
एजेन्सी, भदौ १५, काठमाडौं । भारत र स्वीट्जरल्याण्डबीच भएको बैंकिङ सूचना स्वतः आदानप्रदान गर्ने सम्झौता भएपछि आइतबार अर्थात् सेप्टेम्बर १ देखि कोको भारतीयको स्वीस बैङ्कमा खाता छ भन्ने पत्ता लाग्ने भएको छ ।  केन्द्रीय प्रत्यक्ष कार बोर्ड(सीबीडीटी)ले दुई देशीबच भएको सम्झौताले कालोधन विरुद्धको महत्वपूर्ण कदम भएको र स्वीस बैङ्कको गोपनीयता युगको अन्त्य हुने बताएको छ । सीबीडीटीले आयकर विभागका लागि...
भदौ १५, काठमाडौं । विश्वकप फुटबलको दोस्रो चरणको अवे खेल खेल्न नेपाली फुटबल टिम आइतबार विहान कुवेत प्रस्थान गरेको छ । दोस्रो चरणको छनोटका लागि नेपालले भदौ १९ गते कुवेतसँग उसको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । करिब चार महिनाअघि नेपालले कुवेतसँग उसैको भूमिमा दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो । जसमध्ये एक खेल बराबरीमा टुंगिएको थियो भने एक खेलमा नेपाल...
भदौ १५, काठमाडौं । त्रिभुवन विमास्थलबाट कतारको दोहाका लागि उड्न लागेको कतार एयरवेजको एउटा जहाजमा चरो ठोक्किएको छ । मध्यान्ह १२ बजेर १० मिनेटमा उड्ने तयारीमा रहेको कतार एयरवेजको क्युआर६४५ जहाजमा धावन मार्गमै चरो ठोक्किएको हो। त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार उड्न तयार जहाजमा धावनमार्गमै चरो ठोक्किएपछि उडान रद्द गरिएको छ । चरो ठोक्किए लगत्तै जहाज ग्राउन्डेड गरी...
भदौ १५, काठमाडौं । फिल्म पोई पर्यो कालेको फस्टलुक सार्वजनिक भएको छ । फिल्मको फस्टलुकमा अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ र सोहित मानन्धर, पूजा शर्मा र श्रृष्टी श्रेष्ठलाई देखाएको छ । शिशिर राणाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मलाई दिपक मनाङ्गे र सरोज नेपालीले निर्माण गरेका हुन् । अमलादेवी राई कार्यकारी निर्माता रहेको फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् ।फिल्म...
भदौ १५, काठमाडौं । निर्माता तथा कलाकार दिपकराज गिरीले नेपाली फिल्ममा भैरहेको विदेशी फिल्ममा भैरहेको हस्तक्षेपप्रति चिन्ता व्यक्त गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै चलचित्र विकास बोर्ड विघटन गर्न संचार मन्त्रालयलाई सुझाव दिएका छन् । गिरीले उनी, अहिले वितरण कम्पनी एफडीका शेयर होल्डर समेत हुन् ।पढ्नुस, दिपकको स्टाटससंचार मन्त्रालयलाई सुझाब : चलचित्र बिकास बोर्ड बिघठन गरे हुन्छ कि...
भदौ १५, काठमाडौं । कपनको फैकामा मन्टेश्वरी स्कुलको भ्यान दुर्घटना हुँदा १३ जना बालबालिका घाइते भएका छन्। उनीहरूको चावहिलको मेडिकेयर र ओम अस्पतालमा उपचार भइरहेको कपन प्रहरीले जनाएको छ। लिटिल वल्डर मन्टेश्वरीको बा५प ११४२ नम्बरको भ्यान सडकबाट पल्टिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।
भदौ १५, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानबिनमा रहेका विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने चेतावनी दिएका छन् । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको आइतबार काठमाडौंमा उद्घाटन गर्दै उनले कुनै पनि दाग लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्ने स्पष्ट पारेका हुन् ।साथै विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाइल नचलाउन निर्देशन...
भदौ १५, काठमाडौं । काठमाडौं–ओशाका उडान सुरु गरेको निगमले तत्कालका लागि बिहीबारको उडान स्थगित गर्ने योजना बनाएको छ । निगमले जापानका लागि साताको तीन उडने गरि मंगलबार, बिहीबार र शनिबारको उडान राखेको छ । स्रोतका अनुसार निगमले काठमाडौंबाट जापान जाने यात्रु कम भएपछि साताको दुई उडान पर्याप्त हुने देखिएको भन्दै एक उडान स्थगित गर्ने योजना रहेको छ ...
एजेन्सी, भदौ १५, टेक्सस । अमेरिकाको टेक्ससमा फेरि एकजनाले अन्धाधुन्ध गोली चलाएर चार जनाको हत्या गरेका छन् भने २१ जना मानिस घाइते भएका छन्। टेक्सस राज्यका दुई सहर मिडल्याण्ड र ओडेसाको बीचमा स्थानीय समयअनुसार शनिबार दिउँसो साढे तीनबजेतिर ती बन्दुकधारीले गोली चलाएका हुन्।सुरूमा उनले प्रहरी अधिकारीहरूमाथि गोली हानेका थिए। पछि उनले सडकमा गाडी चलाइरहेका र हिँडिरहेकाहरूमाथि गोली हाने। मारिनेमध्ये एक...
भदौ १५, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको वडा नं १ लोकन्थलीमा आज बिहान पुनःपहिरो गएको छ । पहिरोमा सडक भासिनुका साथै छ घर उच्च जोखिममा परेको छ । मध्यपुरथिमि– १, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण गर्ने क्रममा गत ३ गते राति पहिरो गएपछि रोकथामका प्रयास भएपनि त्यस स्थानमा पुनःपहिरो गएको हो । पानीट्याङ्की...