अमेरिकामा फेरि अन्धाधुन्ध गोली चल्यो, पाँचको मृत्यु, २१ घाइते

85
सांकेतिक तस्विर

एजेन्सी, भदौ १५,
टेक्सस । अमेरिकाको टेक्ससमा फेरि एकजनाले अन्धाधुन्ध गोली चलाएर चार जनाको हत्या गरेका छन् भने २१ जना मानिस घाइते भएका छन्। टेक्सस राज्यका दुई सहर मिडल्याण्ड र ओडेसाको बीचमा स्थानीय समयअनुसार शनिबार दिउँसो साढे तीनबजेतिर ती बन्दुकधारीले गोली चलाएका हुन्।

सुरूमा उनले प्रहरी अधिकारीहरूमाथि गोली हानेका थिए। पछि उनले सडकमा गाडी चलाइरहेका र हिँडिरहेकाहरूमाथि गोली हाने। मारिनेमध्ये एक जना स्कुले छात्र पनि छन्। गोली लागेर १७ महिनाका एक बच्चा पनि घाइते भएका छन्। घाइतेमध्ये तीन जना प्रहरी अधिकारी पनि छन्।

प्रहरीको जवाफी कारबाहीमा ती बन्दुकधारीको पनि मृत्यु भएको छ। तीस वर्षमाथिका ती गोरा बन्दुकधारीले किन गोली हाने भन्ने खुलेको छैन। टेक्ससमा पछिल्लो महिना भएको यो दोस्रो गोलीकाण्ड हो। केही दिनअघि एलपासो सहरमा भएको गोलीकाण्डमा परी २२ नागरिकको ज्यान गएको थियो।