खुम सुवेदी प्यानलको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिवद्धता

483

भदौ १६,
काठमाडौं । यहि भदौ २० गते हुने ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी खुम बहादुर सुवेदी प्यानलको परिचयात्मक कार्यक्रम आज पत्रकार सम्मेलन आयोजना गरि सार्वजनिक गरिएको छ । निटका अध्यक्ष दिपक महतले पत्रकार सम्मेलनमा उक्त प्यानलको घोषणा गर्दै यो प्यानल समावेसी र व्यवसायीक भएको बताए । हुनपनि यस समुहमा जातिय क्षेत्रीय र लैङ्गिक हिसावले समावेसी र पुर्णरुपमा व्यवसायमा सर्मपित व्यवसायीक अनुहार रहेका छन् । खुम बहादर सुवेदीको वरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्धितीय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा कर्मा शेर्पा,सचिवमा प्रदिप कुमार घिमिरे, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ रहेका छन् । साथै कार्यसमिति सदस्यहरुमा खोमराज अधिकारी( सन्तोष), सिम्बिर घले, केशवप्रसाद दाहाल, कान्छा शेर्पा, सोनाम ग्याल्जेन शेर्पा सनम शेर्पा रविन्द्र मर्हजन तेन्जिङ शेर्पा र महिला सदस्यमा बुद्ध कुमारी अधिकारीको उम्मेदवारी घोषणा तथा सार्वजनिकरण गर्दै उम्मेदवारहरुको संक्षिप्त परिचयात्मक कार्यक्रम समेत राखिएको थियो ।

आफुनो प्रतिवद्धता राख्नेक्रममा घोषणा सभालाई सम्वोधन गर्दै अध्यक्ष पदका प्रत्यासी खुम सुवेदीले अग्रज व्यवसायीहरुले सुरु गरेका राम्रा कामको निरन्तरता र घोषणा पत्रमा उल्लेखित प्रतिवद्धताहरु कार्यान्वयन गर्दै टानलाई गौरव गर्न लाएक बनाई दुई वर्षपछि नयाँ नेतृत्वलाई हस्तान्तरण गर्ने दृढता व्यक्त गरे । साथै उनले आफ्नो पुर्ण समय टानलाई दिने र आफु हर समय व्यवसायीहरुका समस्याहरु समाधान गर्न र टानको गरिमा बढाउन लागि पर्ने धारणा राखे ।

महासचिव पदका प्रत्यासी कर्मा शेर्पाले आफुले घोषणा पत्रमा व्यक्त गरेका प्रतिवद्धताहरुलाई अक्षरश पालना तथा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै घोषणा पत्रमा उल्लेखित कुराहरु पुरा गर्न पुरै प्यानललाई मतदान गरि विजयी गराउन व्यवसायीहरुमा अनुरोध गरे । त्यस्तै कोषाध्यक्ष पदकी प्रत्यासी ऋतु ग्याम्दानले टानको आर्थिक अवस्था सुढृढ र पारदर्शि बनाउन आफ्नो उम्मेदवारी रहेको प्रष्ट पारिन ।

खुमबहादुर सुुवेदी समुहको प्रतिवद्धता  

टान निर्वाचन -२०१९ : खुमबहादुर सुवेदी प्यानलको घोषणा कार्यक्रम

टान निर्वाचन -२०१९ : खुमबहादुर सुवेदी प्यानलको घोषणा कार्यक्रम

Publiée par नयाँ नेपाल न्युज sur Lundi 2 septembre 2019