माटोको ढिस्कोले पुरिएर शुक्रबार एक मजदुरको मृत्यु

78

कात्तिक १,
पाल्पा : माटोको ढिस्कोले पुरिएर शुक्रबार एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा बगनाशकाली गाउँपालिका-१ घोरबन्दाका ४५ वर्षीय हर्कबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले बताए। उनी तानसेन नगरपालिका -४ विशालबजारका रोहित कुमार रामदामको नयाँ घर बनाउँदै गर्ने क्रममा शुक्रबार दिउँसो सवा ३ बजे पुरिएका थिए। कुमालको नेपाली सेना, प्रहरी र स्थानीयले उद्दार गरेका थिए। पिलरको जगमा गाह्रो लगाउँदै गर्दा माथिबाट एक्कासी माटोको ढिस्को झरेको थियो। उपचारको लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा ल्याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।