Monday, September 28, 2026
Home समाज डडेल्धुरामा आगलागी नियन्त्रणको ‘डेमो’

डडेल्धुरामा आगलागी नियन्त्रणको ‘डेमो’

89

असोज ३०, २०७६ डडेल्धुरा : डडेल्धुरामा आगलागी नियन्त्रणसम्बन्धी जनचेतना मुलक डेमो प्रदर्शन गरिएको छ। बिहीबार जिल्ला सदरमुकाम बागबजारस्थित बस पार्कमा डेमो प्रदर्शन गरिएको हो। नेपाली सेना रणबम गण, दह ब्यारेकले आगो नियन्त्रणसम्बन्धी डेमो प्रदर्शन गरेको हो। जिल्लामा आगलागीका वन डढेले र आगलागीका घटना घट्नसक्ने भएकाले आगो नियन्त्रण सम्बन्धी डेमोमार्फत जनचेतनामुलक कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए। यो समयमा घट्नसक्ने आगलागी जस्ता विपद्लाई सहजरुपमा अवतरण गर्न सकियोस् भन्ने उद्देश्यले डोमो प्रदर्शन गरिएको उनले बताए। डडेल्धुरा सदरमुकामा वर्षेनि आगलागीका घटना घट्ने गर्दछन