विदेशमा बस्‍दा पनि सोच बदलिएको रहेनछ

42

कात्तिक १,
काठमाडौं : प्रविधिको प्रयोगले कुनै पनि कामलाई छिटो छरितोको साथै सुरक्षित हुने बताइन्छन्। तर, नेपालमा प्रविधिको प्रयोग प्रवृत्तिगत खराबीको कारण आशंका देखाउने गरिएको छ। अघिल्ला दुईवटा निर्वाचनमा जस्तै यसपटक पनि गैरआवसीय नेपाली संघ (एनआरएनए)ले प्रविधिको अर्थात् भोटिङ मेसिन प्रयोगमा जोड दियो। अघिल्ला दुई निर्वाचनमा सफलतापूर्वक सम्पन्न भएको अवस्था यस वर्ष गरिएको निर्वाचनमा प्राविधिक समस्या देखिएको भन्दै मतपत्रकै सहयाता लियौ। मतदनात मतगणना मात्रै नभएर अन्य व्यवस्थापनको कामका वियषमा एनआरएनको आलोचना बढी देखियो। त्यसोत, प्रविधिको प्रयोगभन्दा पनि प्रविधि प्रयोगमा प्रवृत्तिगत समस्या देखिने गरेको सरकारकावालाले बताएका छन्। यसै विषयलाई केन्द्रित गरेर भोटिङ मेसिन विज्ञ रामलक्ष्मण दाजु-भाइ मध्य लक्ष्मण रिमालसँग भागवत भट्टराईले गरेको कुराकानी: प्रविधिको सहयाताले काम छिटो हुन्छ भनिन्छ, यहाँ आशंका गर्नुपर्ने अवस्था आएको हो? प्रविधिमा आशंका देख्नु पर्ने अवस्था हैन। एनआरएनएको निर्वाचनका कुरा गर्ने हो भने कोर व्यवस्थापनको मात्रै समस्या भएको हो। अघिल्लो पटक पनि भएको थियो हैन? यही काम अघिल्लो पटक सफलता अहिले असफलता कसरी? योभन्दा अगाडि पनि दुई वटा कार्यकालमा हामीले सफलतापूर्वक भोटिङ मेसिनमार्फत चुनाव गरेका छौँ। आजसम्म हामीले ७० भन्दा बढी निर्वाचन गरेका छौँ। यहाँ भोटिङ मेसनमा प्राविधिक समस्या आयो भन्ने कुरा आयो त्यो हैन। निराधार हो । मेसिनमा समस्या आएको हैन। हामीले मेसिनमा उम्मेदवारको अन्तिम नामावली आएपछि प्रविष्ट गर्ने हो। त्यसको नाम अंग्रेजी, नेपालीमा र तस्वीर राख्नु पर्ने हुन्छ। त्यहाँ उम्मेदवारको नामावली पहिला निर्वाचन कमिटीले प्रकाशन गर्नुपर्छ। पहिलो लिष्ट दोस्रो लिष्ट प्रकाशन नहुँदै लाइन लगाउन थालियो। यति ढिला हुन्छ भनेर बाहिर सम्प्रेषण गर्न सक्नु भएन। मेसिनमा डाटा इन्ट्री नगर्दै बाहिर भीड धेरै भयो भनेर प्रेसर दिन थाल्नु भयो। हामीले समय चाहिन्छ भनेर कन्ट्रयाक्ट गरकेा थियौँ। फोटो नाम सबै चिन्नु पर्‍यो नि! हामीले नाम इन्ट्री गर्न बेलासम्म निर्वाचन कमिटीबाट अन्तिम नामावली पाएका थिएनौ। पछि मात्रै अन्तिम नामावली प्रकाशन भयो। आवश्यक समय नपाएको अवस्था र बढी प्रेसर दिँदा अन्तिम नामावली प्रकाशित भएको एउटा नाम अल्टर परेको हो। फोटो साइजको समस्या आधा घण्टासम्ममा समाधान गरेरै देखाएको हो। समयमको मात्रै समय व्यवस्थापनको मात्रै हो त?