Friday, August 7, 2026
Home Blog Page 1255
अन्नपूर्ण पोष्ट कार्तिक ४, काठमाडौं । संसदीय दलबाट एकताको सन्देश दिने भन्दै नेकपाले एउटै परिसरमा पदाधिकारीका कार्यालय बनाउन लगायो। तत्कालीन एमालेको कार्यालयमा संसद् सचिवालयले प्रमुख सचेतक देव गुरुङको कार्यकक्ष बनायो। तर, रातारात तयार पारिएको कोठा एक वर्षदेखि अलपत्र छ। उनले तत्कालीन माओवादीलाई छुट्याइएको भवनबाटै काम गर्दै आएका छन्। राष्ट्रियसभा दलका नेता दीनानाथ शर्मा र प्रमुख सचेतक खिमलाल भट्टराईका लागि पनि...
नागरिक दैनिक कार्तिक ४, कैलाली । नेपाल सरकारले पञ्जिकृत गरेको गरिमा जात (वर्णशंकर) को धान खेती गरेका कैलाली र कञ्चनपुरका किसानको ३ सय ४८ हेक्टर जमिनमा फसल लागेको छैन। कैलाली–कञ्चनपुरका किसानले मसिनो तथा बास्नादार र खानका लागि स्वादिलो हुने भन्दै गरिमा जातको धान रोपेका थिए। धान पाक्ने बेलामा पनि बाला नलागेपछि किसानले धोका पाएको महसुस गरेका छन्। कैलाली–कञ्चनपुरमा एक...
नागरिक दैनिक कार्तिक ४, काठमाडौं – काठमाडौंको नागढुंगा (चन्द्रागिरी नपा–१ टुटेपाखा) देखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्ग निर्माण सोमबार शिलान्यास गरिँदैछ। सडकतर्फ पहिलोपटक निर्माण हुन गइरहेको सुरुङमार्गको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको सडक विभागले जनाएको छ। सुरुङमार्ग निर्माणका लागि असोज ६ मा विभाग र जापानी निर्माण कम्पनी हाज्माअन्द्रोबीच सम्झौता भएको थियो।विभागले निर्माण तयारीका लागि दिएको एक...
कान्तिपुर दैनिक कार्तिक ४, काठमाडौँ — रौतहटमा १२ वर्षअघि बम विस्फोटमा परी घाइते भएकालाई इँटाभट्टामा हालेर मारिएको घटनामा प्रहरीले १८ दिनपछि मात्रै मुचुल्का उठाएको पाइएको छ । कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको संलग्नता रहेको भनिएको २०६४ चैत २७ गतेको उक्त घटनामा प्रहरीले राजनीतिक दबाबमा परेर मुचुल्का ढिला गरी उठाएको खुलेको हो ।हाल अनुसन्धानमा खटिएका एकप्रहरी अधिकारीले त्यति बेला...
नेपाल समाचारपत्र कातिक ४, काठमाडौं ।कर्मचारी अभावका कारण राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा कन्तबिजोग भएको छ।सरकारद्वारा आयोग गठन भएको करिब दुई महिना बितिसक्दासम्म कर्मचारी उपलब्ध नभएकाले काम अघि बढ्न नसकेको हो। स्रोतका अनुसार करिब १ सय ३० जना कर्मचारी आवश्यक पर्ने आयोगमा अहिले ४ उपसचिव, ४ अधिकृत, २ कार्यालय सहयोगी र २ चालकसहित १२ जनामात्रै कर्मचारी कार्यरत छन्।लेखा प्रमुख नै...
कात्तिक ३, म्याग्दी : म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको शीरमा अवस्थित पर्यटकीयस्थल चाङ्गा प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ। समथर भूभाग, बाहैमासा चिसो हावा चल्ने, प्राकृतिक सौन्दर्य र जैविक विविधतायुक्त चाङ्गा प्रचुर सम्भावना भए पनि ओझेलमा परेको हो। समन्द्री सतहदेखि दुई हजार २ सय १० मिटरको उचाईमा समथर भूभागमा अवस्थित आसपासका क्षेत्रमा देखिने सुन्दर ग्रामीण बस्ती, गुराँसे–जंगल र प्राकृतिक...
कात्तिक ३, जनकपुरधाम : धनुषाको सवैला नगरपालिकाको कार्यालयमा आइतबार सामुदायिक विद्यालयका शिक्षकले तालाबन्दी गरेका छन्। लामो समयदेखि तलब नदिएको भन्दै नगरपालिका शिक्षकले ताला लगाएका हुन्। नगरप्रमुख विजयशंकरप्रसाद साहलाई पटकपटक तलब उपलब्ध गराउन आग्रह गरे पनि बेवास्ता गरेकाले बाध्य भएर नगरपालिकामा तालाबन्दी गरेको स्थानीय सरस्वती माविका शिक्षक अरुण ठाकुरले बताए। उनले तलब उपलब्ध नगराएसम्म नगरपालिकाको कामकार्वाही संचालन गर्न नदिनेसमेत...
कात्तिक ३, जुम्ला : स्थानीय कलाकारले निर्देशन गरेको पम्फफूल नाटकले जुम्लाको खस संस्कृतिक झल्काएको छ। यस नाटकले कर्णालीको कला सस्कृतिकको सन्देश दिइएको हो। जुम्लामा यतिबेला खसभाषामा आधारित नाटक पम्फाफूल प्रदर्शन शुरु भएको छ। स्थानीय कलाकारद्वारा कथा लेखन, निर्देशन तथा मञ्चन गरिएको नाटक ‘पम्फाफूल’ जुम्लाले इहिास नै झल्काएको पाइएको छ। पैसाका लागि मान्छेले जस्तोसुकै अपराध गर्छ भन्‍ने...
कात्तिक ३, २०७६ सिन्धुपाल्चोक : लामोसाघु जिरी सडक सुधार आयोजनामा कार्यरत एक जना कामदारको हत्या भएको छ । सडकखण्डमा कर्यरत जेसिभी चालक बाह्वबिसे नगरपालिका ३ का जीवन थापाको भएको अवस्था शव फेला परेको सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिए। हत्या गरेर मल खाडीमा गाडेको अबस्थामा फेला उनको शव फेला परेको उनको भनाइ छ। लामोसाघु जिरी सडक...
कात्तिक ३, जुम्ला : जुम्लाको कनकासुन्दरी गाँउपालिकाको स्वास्थ्य शाखाले म्याद गएको भन्दै खोलामा औषधी फालेको भेटिएको छ। आ.व २०७५/०७६को बार्षिक कार्यक्रममा खरिद गरेको क्षेत्रीय स्वास्थ्य मेडीकल स्टोर र जिल्ला अस्पताल जुम्लाबाट गाँउपालिकामा ल्याएको लाखै मूल्य बराबरको औषधी समयमा गाँउपालिका स्वास्थ्य शाखले गाँउँपालिका भरिका स्वास्थ्य सस्थालाई वितरण नगर्दा औषधीको म्याद सकिएको हो। कनकासुन्दरी गाँउपालिका नजिकै रहेकाे खोलामा...