नागढुंगा सुरुङमार्ग शिलान्यास आज

98

नागरिक दैनिक
कार्तिक ४, काठमाडौं – काठमाडौंको नागढुंगा (चन्द्रागिरी नपा–१ टुटेपाखा) देखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्ग निर्माण सोमबार शिलान्यास गरिँदैछ। सडकतर्फ पहिलोपटक निर्माण हुन गइरहेको सुरुङमार्गको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको सडक विभागले जनाएको छ। सुरुङमार्ग निर्माणका लागि असोज ६ मा विभाग र जापानी निर्माण कम्पनी हाज्माअन्द्रोबीच सम्झौता भएको थियो।

विभागले निर्माण तयारीका लागि दिएको एक महिनाको समयअघि नै ठेकेदार कम्पनी काम सुरु गर्न तयार भएको हो। ठेकेदार कम्पनी एक महिना नपुग्दै सुरुङमार्ग निर्माण गर्न तयार भएपछि शिलान्यास गरिन लागेको विभागले जनाएको छ। विभागका विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले सुरुङमार्ग निर्माणका लागि आवश्यक उपकरणसहित काम गर्न जापानीज टोली तयार भएको बताए। उक्त सुरुङमार्ग न्यु अष्ट्रियन टनेलिङ मेथड ९एनएटिएम० प्रविधबाट निर्माण हुनेछ। सुरुमा टनेल बोरिङ मेसिन ९टिबिएम० प्रयोग गरिने चर्चा गरिए पनि सुरुङमार्गको दूरी छोटो भएका कारण एनएटिएम प्रविधि प्रयोग गरिन थालिएको हो।

विभागले निर्माण तयारीका लागि दिएको एक महिनाको समयअघि नै ठेकेदार कम्पनी काम सुरु गर्न तयार भएको हो। थापाका अनुसार एनएटिएम प्रविधिबाट सुरुङमार्ग निर्माण गर्न ड्रिलिङ र ब्लाष्टिक गरिनेछ। टिबिएमको तुलनामा एनएटिएम विधि प्रयोग गर्दा केही ढिला हुने भए पनि लक्ष्य अनुसार नै उक्त सुरुङमार्ग निर्माण हुने अधिकारीहरूले बताएका छन्। ‘सुरुङमार्ग निर्माणको अवधि ४२ महिना छ,’ थापाले भने, ‘सम्झौता अवधि सकिनुअघि नै सुरुङमार्गको निर्माण कार्य सम्पन्न भइसक्ने अपेक्षा गरेका छौं।’

सुरुङमार्ग निर्माणका लागि भ्याट र अनुगमनसहित १६ अर्ब रुपैयाँ लाग्ने बताइएको छ। यद्यपि ठेकेदार कम्पनीसँगको सम्झौता भने १३ अर्ब ५० करोड रुपैयाँ छ। सुरुङमार्ग अनुगमनका लागि करिब एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ। सम्झौता अनुसार टुटेपाखादेखि सिस्नेखोलासम्म दुई वटा सुरुङ निर्माण हुनेछन्। थापाले नियमित सवारी सञ्चालनका लागि साढे नौ मिटर चौडाइको र आपतकालीन अवस्थाका लागि चार मिटर चौडा गरी दुई सुरुङमार्ग निर्माण हुने बताए। दुबै सुरुङमार्गका लम्बाई २.७ किलोमिटर हुनेछन्।