‘पम्फाफूल’ नाटकले झल्कायो खसभाषा

102

कात्तिक ३,
जुम्ला : स्थानीय कलाकारले निर्देशन गरेको पम्फफूल नाटकले जुम्लाको खस संस्कृतिक झल्काएको छ। यस नाटकले कर्णालीको कला सस्कृतिकको सन्देश दिइएको हो। जुम्लामा यतिबेला खसभाषामा आधारित नाटक पम्फाफूल प्रदर्शन शुरु भएको छ। स्थानीय कलाकारद्वारा कथा लेखन, निर्देशन तथा मञ्चन गरिएको नाटक ‘पम्फाफूल’ जुम्लाले इहिास नै झल्काएको पाइएको छ। पैसाका लागि मान्छेले जस्तोसुकै अपराध गर्छ भन्‍ने मुख्य सन्देश राम्रो, समृद्धि हुने अपेक्षा सबै परिवारको हुन्छ। तर धनपैसाको नाममा सबै थोक गर्न तयार परिवारभित्रैका सदस्यले भविष्य नै नाश पनि गर्ने गरेका उदाहरण समाजमा छन्। जुम्लाको निर्माण व्यवसायी संघको हलमा प्रदर्शन गरिएको हो। यो नाटक लेखक स्थानीय कलारकार हिरा बिजुली नेपाली, निर्देशनक गोविन्द सुनारसहित १३ जनाको स्थानीय कलाकारको टिमले निर्माण गरी मञ्चन गरिएको हो। उक्त नाटकमा धन पैसाको नाममा आमा बुबा, बहिनी, श्रीमतीसहितका परिवारलाई पनि पीडा दिइरहेको एक दृश्य देखाइएको थिए। नाटकको शुरुमा छोरी पम्फा एक सुन्दर बगैँचामा रमाईरहेकी हुन्छन्, जुनेली रातमा रमाईरहेको समय भने त्यो एक सपना हुन्छ। शुरुमा आमाबुबा दुई भाई एक बहिनीको एक कुशल घरमा जेठो छोरा वीरबहादुरलाई सानैदेखि आमाबुबाबाट विभेदको व्यवहार गरिन्छ। ठूलो छोराले घरमा फरक पात्रको भूमिका खेलेको हुन्छ। छोरी माइत आएको समयमा घरमा पुर्‍याउन दुई दाजुभाइ जान्छन्। गहनाले सजिसजाउ बहिनी पम्फालाई लोभले दाजु वीरबहादुरले पानीमा डुबाएर हत्या गर्छ। सो घटनामा असहमत भएर भाइ भने घर नफर्की प्रदेसिन्छ। जेठो दाजु वीरबहादुर भने मृतक बहिनीको गहनाबोकेर घर फर्किन्छ। घरमा फर्किएको विरबहादुर आमाबुबालाई पनि हप्काउने र गाली गर्ने भएपछि आमा र बुबा पनि घर छोडेर बिदेसिन्छन्। अन्तिममा वीरबहादुर एक्लै बहिनीलाई डुबाएर हत्या गरेको स्थानमा पानीमा गएर नाङ्गै डुवेर मर्छ। समाजले धन पैसाको नाममा जे पनि गर्न तयार हुने र नाटकमा बहिनी पम्फालाई आफ्नो सम्पति समेत भाग लाग्छ भनेर देखाईएको दृश्यले शुक्रबार धेरैका आँखाबाट आशु रसायो। नाटकको सफलताको लागि भन्दै टिकट काटेर गएका दर्शकले उल्टै पुरस्कार दिएर फर्किएका छन्। एसिया इन्टनरनेसनल स्कुलका प्रबन्धक मनोज बुढाथोकीले १० हजार र स्थानीय लक्ष्मी खत्रीले रु २ हजार रकम हलभित्र दिने घोषणा गरे। धेरैले सानो तिनो रकम दिएर फर्किएका छन्। नाटक हेर्न हलमापुग्नुभएका खस सभ्यताका जानकार रमानन्द आचार्यले नाटकले खस सभ्यता झल्काउने र सामाजिक अवस्था चित्रण गरेको बताए।