Wednesday, October 7, 2026
Home पर्यटन पर्यटकीयस्थल चाङ्गा ओझेलमा

पर्यटकीयस्थल चाङ्गा ओझेलमा

302

कात्तिक ३,
म्याग्दी : म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको शीरमा अवस्थित पर्यटकीयस्थल चाङ्गा प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ। समथर भूभाग, बाहैमासा चिसो हावा चल्ने, प्राकृतिक सौन्दर्य र जैविक विविधतायुक्त चाङ्गा प्रचुर सम्भावना भए पनि ओझेलमा परेको हो। समन्द्री सतहदेखि दुई हजार २ सय १० मिटरको उचाईमा समथर भूभागमा अवस्थित आसपासका क्षेत्रमा देखिने सुन्दर ग्रामीण बस्ती, गुराँसे–जंगल र प्राकृतिक सौन्दर्यताले सजिएको चाङ्गाको सुन्दरतामा सरोकारावाला निकायको नजरमा पर्न नसक्दा बषौंदेखि पूर्वाधार र प्रचारप्रसारको पखाईमा रहेको छ। धौलागिरी, निलगिरी अन्नपूर्ण, माछापुच्छ्रे, गुर्जा, चुरेन, लगायतका आधादर्जन हिमाल, जंगलभित्र रहेका पशुचौपायाका गोठ,चराचुरुङी र बन्यजन्तुको आवाज, बहुमल्य जडिबुटीको बास्ना लिँदै पछिल्लो समय चाङ्गासम्म पुग्ने आन्तरिक पर्यटकले पूर्वाधारको अभावका कारण दृष्य अवलोकन गरेर मात्रै फर्किने गरेका छन्। छिमेकी ताराखोला गाउँपालिका–४ नागबेली खोला जाने मार्गसमेत रहेको चाङ्गालाई नमुना गाउँ समेत भन्ने गरिन्छ। मंगला गाउँपालिकाको केन्द्र बावियाचौर हुदै अर्मनको सिरकुमसम्म सवारीसाधन र त्यसपछि ४५ मिनेट पैदल यात्रामार्फत पुगिने उक्त स्थानमा पुगेपछि थकितको महसुस नहुने पहिलो पटक चाङ्गा घुम्न आएका बागलुङका सौरभ रिजालले वताए।