कात्तिक ८,
कास्की : पोखराको न्यूरोडस्थित गोरखा एण्ड बराह ज्वेलर्स इण्डष्ट्रिज प्रालिमा काम गर्ने एक व्यक्ति ३३ तोला सुनसहित सम्पर्कविहीन भएका छन्। भारतको कलकत्ता घर भई उक्त ज्वेलर्समा काम गर्दै आएका अन्दाजी ३७ वर्षीय रञ्जन राजवंशी बुधबार दिउँसो ३ बजेदेखि सम्पर्कविहीन भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए। ज्वेलर्सको ३३ तोला सुन लिइ...
कात्तिक ८,
काठमाडौं : आठ वर्षअघि सामूहिक बलात्कारमा परेकी बैतडीकी पूजा बोहरा (नाम परिवर्तन) ले लामो समयपछि सर्वोच्च अदालतबाट न्याय पाएकी छन सर्वोच्चले तत्कालीन पुनरावेदन अदालतले गरेको फैसला उल्टाउँदै पीडितलाई न्याय दिएको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र हरि फुयाँलको संयुक्त इजलासले बिहीबार सुनुवाइ गर्दै बलात्कारका आरोपित सागर भट्ट र अमरराज अवस्थीलाई दोषी ठहर गरेको...
कार्तिक ७,
काठमाडौं । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ। महानगरीय अपराध महाशाखाले अनुसन्धानका लागि पुनः म्याद थपको माग गरेपछि बिहीबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । संसद सचिवालयकी एक कर्मचारीले बलात्कार प्रयास गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि...
कार्तिक ७,
भक्तपुर । हिन्दु नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको छुट्टै रौनक छ । दीपावली समेत भनिने यस पर्वको मुख्य आकर्षण भनेकै देउसी र भैलो खेल्ने परम्परा हो । विहीबार भक्तपुर नगरपालिका वडा नम्बर १० मुलकोढोका स्थित इष्ट पोइण्ट एकेडेमीले विगत एक दशकदेखि देउसी भैलो प्रतियोगिता गर्दै आइरहेको छ । कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संस्कृति हाम्रो...
कात्तिक ७,
काठमाडौं : वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले हिमचितुवा संरक्षणलाई नेपालले उच्च प्राथमिकता दिएको बताइका छन्। भारतको नयाँदल्लिीमा जारी ‘ग्लोबल स्नो लियोपार्ड एण्ड इकोसिस्टम प्रोटेक्सन (जीएसएलपी) को चौथो स्थायी समिति बैठकमा बोल्दै मन्त्री बस्नेतले पारिस्थितिकीय प्रणाली रक्षाका लागि हिमचितुवा संरक्षण प्रमुख कार्यमध्येको एक भएको समेत बताए। हिमचितुवा संरक्षणका लागि बासस्थान र आहारको अभाव तथा...
कात्तिक ७,
काठमाडौं : नेपालको पहिलो महिला फ्रेन्चाइज क्रिकेट प्रतियोगिता वुमन्स च्याम्पियन्स लीग क्रिकेटको उपाधिका लागि आज चितवन राइनोज र क्याट क्वीन्स काठमाडौं भिड्दैछन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ११ बजे सुरु हुने प्रतियोगितामा दुबै टोली उपाधि कब्जा गर्ने उद्देश्यका साथ मैदान प्रवेश गर्नेछन्। राउण्ड रोबिन लिगका आधारमा भएको ५ टोली सहभागी प्रतियोगितामा चितवन सतप्रतिशत जित...
कात्तिक ७,
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक अजरबैजान भ्रमणमा जाँदै छन्। असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन उनी आज बिहान अजरबैजानको राजधानी बाकु जान लागेका हुन् प्रधानमन्त्री ओली आज बिहान पौने १२ बजे त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्रमन्त्रालयले जनाएको छ। असंलग्न आन्दोलन (नाम) राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुख सहभागी हुने दुईदिने १८औं शिखर सम्मेलन भोलि बाकुमा शुरू हुँदैछ।...
कात्तिक ७,
बैतडी : महाकाली राजमार्गमा बिहीवार बिहान ट्रक दुर्घटना भएको छ। ट्रक दुर्घटनामा १ जनाको मृत्यु भएको छ। मृतकको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ– गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा बिहीवार बिहानै ग्यास बोकेको से १ ख १९२३ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो। प्रहरीको...
कात्तिक ७,
काठमाडौं : नेपाली सेना र र अमेरिकी सेनाबीच दुईदिने दोस्रो नेपाल अमेरिका 'ल्याण्ड फोर्स टक' सैनिक जंगी अड्डामा जारी छ। बुधबारदेखि सञ्चालन भएको यो कार्यक्रम आज सकिने छ। यो दोस्रो पटक हो। पहिलो पटक २०७५ साल जेठमा भएको थियो। ल्याण्डफोर्स टकमा नेपालका १९ सैनिक अधिकारी र अमेरिकी सेनाका १६ जना अधिकारी सहभागी छन्। यस...
कात्तिक ७,
काडमाडौं : ढिलो चाँडो होला तर अपराधी कहीँ गए पनि छुट्दैन भन्ने उदाहरण पेस गर्दै प्रहरीले बलात्कारपछि हत्या गरेको घटनामा संलग्न एक व्यक्तिलाई १९ वर्षपछि पक्राउ गरेको छ। कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार झापा भद्रपुर नगरपालिका–९ घर भएका ४२ वर्षीय लीलाराज गौतमलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो। कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट जन्मकैद फैसला...










