सामूहिक बलात्कारमा परेकी पूजा बोहरालाई ८ वर्षपछि न्याय

147

कात्तिक ८,
काठमाडौं : आठ वर्षअघि सामूहिक बलात्कारमा परेकी बैतडीकी पूजा बोहरा (नाम परिवर्तन) ले लामो समयपछि सर्वोच्च अदालतबाट न्याय पाएकी छन सर्वोच्चले तत्कालीन पुनरावेदन अदालतले गरेको फैसला उल्टाउँदै पीडितलाई न्याय दिएको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र हरि फुयाँलको संयुक्त इजलासले बिहीबार सुनुवाइ गर्दै बलात्कारका आरोपित सागर भट्ट र अमरराज अवस्थीलाई दोषी ठहर गरेको हो। फौजदारी नयाँ संहिता आएसँगै दोषी ठहर भएका दुवै जनालाई नयाँ कार्यविधि र पुरानो कानुनअनुसार दण्डसजाय निर्धारण गर्नेछ भन्ने खबर राजधानी दैनिकमा छ।अदालतले ३० दिनभित्र दोषी ठहर भएकालाई अर्को पेसी तोकेर सजाय निर्धारण गर्नेछ। २०६८ चैतमा एसएलसी परीक्षाका लागि गणितको गेसपेपर किन्न पाटन बजारमा पुगेकी पूजालाई सामूहिक बलात्कार गरिएको थियो।