महरालाई थप ७ दिन थुनामा राख्न अनुमति, तिहार पनि हिरासतमै

77

कार्तिक ७,
काठमाडौं । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ। महानगरीय अपराध महाशाखाले अनुसन्धानका लागि पुनः म्याद थपको माग गरेपछि बिहीबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । संसद सचिवालयकी एक कर्मचारीले बलात्कार प्रयास गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि महरालाई असोज १९ गते प्रहरीले बालुवाटारस्थित सभामुखको निवासबाट पक्राउ गरेको थियो । -ratopati