महाकाली राजमार्गमा ट्रक दुर्घटना

84

कात्तिक ७,
बैतडी : महाकाली राजमार्गमा बिहीवार बिहान ट्रक दुर्घटना भएको छ। ट्रक दुर्घटनामा १ जनाको मृत्यु भएको छ। मृतकको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ– गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा बिहीवार बिहानै ग्यास बोकेको से १ ख १९२३ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो। प्रहरीको टोली अहिले घटनास्थलतर्फ गइरहेको छ। ट्रक धनगढीवाट दार्चुलातर्फ गइरहेको थियो। ट्रक सडकवाट २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।