Friday, August 7, 2026
Home Blog Page 1252
मनाङ । मनाङको नासों गाउँपालिका वडा नम्बर ८ मा रहेको ताचै होमस्टे (घरबास) ले स्वदेशी र बिदेशी पर्यटकहरुको मन जित्न थालेको छ । बेशीशहर-चामे सडक खण्डको एक्लेभट्टि भन्ने स्थानबाट करिब ४० मिनेटको पैदलमा उक्त होमस्टेमा पुग्न सकिन्छ । गुरुङ र घले समुदायको बाक्लो बस्ती रहेको ताचैमा हाल २६ घरमा होमस्टे संचालन भईरहेको ताचै होमस्टे व्यवस्थापन समितिका अध्यक्ष याद घलेले...
भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र–१ (क) बाट प्रदेश सभामा निर्वाचन आगामी मंसिर १४ गते हुदैंछ । उक्त निर्वाचनका लागि नेपाली कांग्रेसबाट यादव प्रसाद अधिकारीको नाम समेत अग्रपत्तिमा छ । अधिकारीको जन्म २०३० साल चैत २८ गते भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ (साबिकको बागेश्वरी गाविस)मा भएको थियो । उनी नेपाली कांग्रेसका गाउँ समिति सचिव, नगर समितिको सभापति हुदैं पार्टीको विभिन्न...
कार्तिक ६, भक्तपुर । भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र–१ (क) बाट प्रदेश सभामा तत्कालीन नेकपा एमालेबाट निर्वाचित हरिशरण लामिछानेको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुँदै छ । मंसिर १४ गते हुने उपनिर्वाचनको करिव १ महिना समय बाकीं भएपनि दलहरुले एकल उम्मेदवार भने छनोट गर्न सकिरहेका छैनन् । भक्तपुर क्षेत्र नम्वर १ (क) (चाँगुनारायण नगरपालिका सबै वडा र भक्तपुर नगरपालिका वडा नम्बर १०)...
कार्तिक ६, सहरी क्षेत्रमा ट्याटु बनाउने फेसन नै चलेको छ । पहिले प्रेम, धार्मिक आस्था तथा आफ्नो बलियोपन देखाउन ट्याटु खोपाइन्थ्यो । हिटलरको शासनकालमा यहुदीहरूको पहिचानका लागि अंकको ट्याटु बनाउने चलन थियो । अहिले मानिसहरूले कला, सुन्दरता, धार्मिकता, प्रेमजस्ता भावना, रुचि आदि दर्साउन ट्याटु खोपाउने गरेका छन् । नेपालमै पनि नेवार, तामाङ, थारू आदि समुदायमा ट्याटु खोप्नुलाई संस्कृतिकै रूपमा लिइएको पाइन्छ । यी जातिले सियोको...
कार्तिक ६, भारतीय चलचित्रमा आइटम डान्सरको पनि निकै चर्चा हुन्छ । यस्तै आइटम डान्सबाट चर्चामा आएकी अभिनेत्री हुन्— नोरा फतेही । मोरोक्कन मूलकी क्यानेडियन नागरिक नोराले सन् २०१६ मा रकी ह्यान्डसम नामक चलचित्रबाट बलिउडमा इन्ट्री गरेकी थिइन् । उक्त चलचित्रमा खासै नोटिस नगरिएकी नोराको भाग्य सन् २०१८ को स्त्री चलचित्रमा फिचर गरिएको कमरिया नामक आइटम डान्सबाट चम्केको हो । त्यसयता नोराले सत्यमेव जयतेको...
कार्तिक ६, कोटेश्वर, काठमाडौंकी सेलिना भुजेल स्कुले छात्रा छँदै मोडलिङमा आबद्ध भएकी थिइन् । एसईईको परीक्षा दिनुअघि नै केही ब्युटी पेजेन्टहरुमा सहभागिता जनाएर विभिन्न शीर्षक उपाधिहरु जितिसकेकी सेलिनाले कलेज आएपछि पनि केही प्रतियोगितामा भाग लिइन् । पछिल्लो पटक उनले नेक्स्ट सुपरमोडल प्रतियोगितामा भाग लिएर उत्कृष्ट पाँचका साथै मिस पर्सनालिटीको उपाधि पनि जितिन् । ५ फिट ३ इन्च अग्ली सेलिनाले अध्ययन सँग–सँगै...
गोरखापत्र दैनिक कार्तिक ६, काठमाडौँ । राष्ट्रिय साँस्कृतिक पहिचान र गौरब बोकेको नेपालीको महत्वपूर्ण चाड यमपञ्चक (तिहार)लाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । वैमनश्य र तिक्तता त्यागेर आपसी सद्भाव, समन्वय तथा मित्रता अभिवृद्धि गरी चाड मनाउन अनुरोध गर्दै मन्त्रालयले विकृतिपूर्ण क्रियाकलाप भए गरेमा कानून अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।...
रोमानियाकी एन्ड्रिया एबेली इन्स्टाग्राम स्टार हुन्। राजधानी बुखारेस्टनिवासी ३५ वर्षीया यी प्रभावशाली इन्स्टाग्राम मोडलले फोटो पोस्ट गरेर वार्षिक करोडौँ रुपैयाँ कमाउने गरेकी छिन्।प्लास्टिक सर्जरी गरेर उनले नितम्ब ठूलो बनाएकी छिन्। आकर्षक नितम्बका तस्बिरहरू इन्स्टाग्राममा हालेर वार्षिक रूपमा करिब १७ करोड रुपैयाँ कमाउने गरेको उनको दाबी छ। उनलाई इन्स्टाग्राममा ३१ लाखभन्दा बढी मानिसले फलो गरेका छन्। हरेक इन्स्टाग्राम पोस्टमा उनले...
अन्नपूर्ण पोष्ट कार्तिक ६, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ मा डोजरले महिला हुत्याउने चालक विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। स्थानीय गौरी जोशीलाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएका चालक किशोर बोहराविरुद्ध मंगलबार नै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।...
नेपाल समाचारपत्र कार्तिक ६, काठमाडौं। नेवाः समुदायमा तिहार पर्व अर्थात् ‘स्वन्ति नखः’ मनाउने विषयमा विवाद देखिएको छ। खासगरी लक्ष्मी पूजा, म्हः पूजा र भाइटीका कात्तिक १०, ११ र १२ गते कि ११, १२ र १३ गते मान्ने भन्ने विषयमा विवाद देखिएको हो। यसबारे उक्त समुदायका संस्कृतिविद्हरूले नै फरक–फरक तिथि बताएपछि सर्वसाधारण द्विविधामा परेका हुन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य...