पुस ११, काठमाडौं । निकै लामो समयको मेहनतपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले पार्टीको १४ औं महाधिवेशनको मिति तोकेको छ। वरिष्ठ नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गरे पनि शुक्रबार साँझ सानेपामा सुरु भएको बैठकले २०७७ को फागुन ७ गतेदेखि १० सम्म महाधिवेशन गर्ने निर्णय गरेको हो। बैठकले पार्टीको कार्याकाल एक वर्ष थप गर्ने निर्णय पनि गरेको...
पुस ११,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टी एकीकरणको सम्पूर्ण काम नसकिँदै पार्टीका संरचना विघटन गरेर नेतृत्वले अपराध गरेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा विश्व ट्रेड युनियन महासंघले गरेको कार्यक्रममा बोल्दै नेता खनालले पूर्व नेकपा एमालेको सबै कमिटीहरुको विघटन गरेर नेतृत्वले अपराध गरेको भन्दै आक्रोश पोखेका हुन् ।उनले माओवादीसँगको एकीकरणलगत्तै पार्टीका सम्पूर्ण संरचना विघटन गरेकाले...
शिवमायाले राजीनामा दिने कि नेकपाले निर्णय फेर्ने ?
पुस ११,
काठमाडौँ । सत्तारुढ दल (नेकपा)भित्रको आन्तरिक ‘किचलो’ र उपसभामुख शिवमाया तुम्बाहाङ्फेको ‘जब्बर’ अडानका कारण प्रतिनिधिसभा सभामुखविहीन बनेको तीन महिना बित्न लागेको छ । शुक्रबारका लागि बोलाइएको संसद बैठकमा सभामुख चयन प्रक्रिया अगाडि बढाउने तयारी भएपनि उपसभामुख शिवमाया तुम्वाहाङ्फेले राजीनामा नगरेपछि सूचना टाँसेर ५ दिनको लागि स्थगित गरिएको छ । जसका...
पुस १०,
काठमाडौँ । दाङको बबई गाउँपालिका अध्यक्ष भूवनेश्वर पौडेलको घरमा अज्ञात समूहले आक्रमण गरेको छ । अध्यक्ष पौडेल घरमा नभएको बेला श्रीमतीलाई अज्ञात समूहले आक्रमण गरेको हो । गाउँपालिका अध्यक्ष पौडेलले रातोपाटीसँगको कुराकानीमा आफू घरमा नभएको बेला अज्ञात समूहले पेस्तोल देखाएर ‘तेरो बुढा खोई, कहाँ लुकाएर राखिस्’ भन्दै श्रीमतीलाई कुटपिट गरेको बताए । उनले भने, ‘घरमा बुढाबुढी मात्र...
पुस १०,
भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले इनारमा खसेकी महिलाको जिवितै उद्दार गरेको छ ।
विहिबार विहान भक्तपुर नगरपालिका वडा नम्बर ९, नवदुर्गास्थान नजिकै दत्तात्रय पछाडी रहेको ३० फिट गहिरो ईनारमा बर्ष ५४ की रत्नमाया मानन्धर अचानक खस्न पुगेकी थिइन् । प्रहरी परिसर भक्तपुर, विपद व्यवस्थापन भक्तपुर, भक्तपुर नगरपालीकाको दमकल र शसस्त्र प्रहरी बल नेपाल समेतको टोलीले उनको उद्दार गरेको...
पुस १०,
जनकपुर । धनुषामा खुकुरी प्रहार गरी बुहारीलाई हत्या गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ स्थित कुर्था घर भएकी अन्दाजी ३८ बर्षिया रानी देवीलाई हत्या गरी फरार भएका नातामा जेठाजु पर्ने अन्दाजी ४२ वर्षीय श्रीप्रसाद पंजियारलाई प्रहरीले पक्राउपछि बिहीबार सार्वजनिक गरेको हो । पंजियारले रानीलाई बुधबार खुकुरी प्रहार गरेर गम्भिर घाइते...
पुस ९,
काठमाडौं । चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाहबीच सम्बन्ध विच्छेद भएको खबरले धेरैलाई आश्चर्यचकित बनायो। शान्त स्वभाव र संघर्ष गर्दै गायनमा स्थापित भएका ढकालका फ्यानहरुका लागि यो समाचार आफैँमा अप्रत्यासित थियो। आखिर यो जोडीले सहमतिमै किन बैबाहिक सम्बन्ध तोड्न पुग्यो त ? बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद...
पुस ९,
काठमाडौं । चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्धविच्छेद भएको छ। बुधबार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्धविच्छेद भएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए। उनका अनुसार न्यायाधीश विदुर कोइरालाको इजलासले मुद्दा टुंग्याएको हो। सम्बन्धविच्छेदका लागि निलम शाहले मंगलबार निवेदन दिएकी थिइन्। उनीहरूबीच सम्बन्धविच्छेद भएपछि छोरी भने आमासँगै बस्ने भएकी...
नेपोलियन बोनापार्ट एक फ्रान्सेली सैनिक तथा राजनीतिक नेता थिए । जसले पछिल्लो फ्रान्सेली क्रान्तिको समयमा ख्याति कमाए । उनी एक महान ऐतिहासिक कमान्डर हुन् जसले सञ्चालन गरेका अभियानहरू विश्वभरका सैन्य विद्यालयहरूमा अध्ययन गरे । उनी नेपोलियन प्रथमको रूपमा सन् १८०४ देखि १८१४ सम्म तथा सन् १८१५ मा र फेरी दोस्रो पटक फ्रान्स को सम्राट भए । क्रान्तिकारी युद्ध तथा...
पुस ९,
मुम्बई – बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘दबंग ३’ को रिलिजअघि चर्चा थियो । तर, यो फिल्म रिलिजपछि भने सोचेअनुरुप कमाइ गर्न सकेको छैन । पहिलो दिन राम्रो कमाइ गरेको फिल्मले चौथो दिनसम्म आइपुग्दा यसको आम्दानीमा व्यापक गिरावट आएको छ । पहिलो दिनको कमाइले धेरैले यो फिल्मले बक्स अफिसमा आक्रामक व्यापार गर्ने आँकलन गरिएको थियो । तर,...










