कस्तो रह्यो ‘दबंग ३’ को कमाइ ?

297

पुस ९,
मुम्बई – बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘दबंग ३’ को रिलिजअघि चर्चा थियो । तर, यो फिल्म रिलिजपछि भने सोचेअनुरुप कमाइ गर्न सकेको छैन । पहिलो दिन राम्रो कमाइ गरेको फिल्मले चौथो दिनसम्म आइपुग्दा यसको आम्दानीमा व्यापक गिरावट आएको छ । पहिलो दिनको कमाइले धेरैले यो फिल्मले बक्स अफिसमा आक्रामक व्यापार गर्ने आँकलन गरिएको थियो । तर, विकेन्डपछि सोमवार फिल्मको कमाइ कम भयो । प्रभुदेवाले निर्देशन गरेको यो फिल्ममा सोनाक्षी सिन्हा, डिम्पल कपाडिया, सई माजरेकर, अरबाज खान, सुदीप किच्चा लगायतका कलाकारको शीर्ष भूमिका छ । फिल्मले ओपनिङमा २३ करोड भारतीय रुपैयाँ कमाएको थियो । दोस्रो दिन फिल्मको कमाइ २२ करोड थियो भने तेस्रो दिन २८ करोड कमाइ गरेको थियो ।
यता फिल्मले चौथो दिनमा भने जम्मा ९ करोड २५ लाख रुपैयाँ कमाइ गरेको छ । फिल्मले ४ दिनमा ८२ करोड २५ लाख भारतीय रुपैयाँ कमाएको छ । सलमान खानको एक्सन अवतार धेरैले मन पराए पनि फिल्मको कथालाई लिएर धेरैले विरोध जनाएका थिए । यो फिल्मले बक्स अफिसमा ३ सय करोड कमाउने पूर्वसमीक्षा गरिएको थियो ।