पार्टी नेतृत्वले अपराध गर्‍योः खनाल

105

पुस ११,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टी एकीकरणको सम्पूर्ण काम नसकिँदै पार्टीका संरचना विघटन गरेर नेतृत्वले अपराध गरेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा विश्व ट्रेड युनियन महासंघले गरेको कार्यक्रममा बोल्दै नेता खनालले पूर्व नेकपा एमालेको सबै कमिटीहरुको विघटन गरेर नेतृत्वले अपराध गरेको भन्दै आक्रोश पोखेका हुन् ।

उनले माओवादीसँगको एकीकरणलगत्तै पार्टीका सम्पूर्ण संरचना विघटन गरेकाले संगठन विस्तार हुन नसकेको, ८ लाख बढी कार्यकर्ताहरु २० महिनामासम्म चुप लागेर बस्नुपरेको, गतिविधि हुन नसक्दा पार्टीभित्र धमिरा लाग्दै गएको दाबी गरे । उनले भने, ‘खुसीको क्षणमा हामीले अर्को अपराध गर्यौ पार्टी विघटन गरेर । के जरुरी थियो विघटन गर्नु रु के जरुरी थियो पार्टीका सारा कमिटीहरु विघटन गर्नुपर्ने रु त्यो ब्लन्डर हो । तर त्यो ब्लन्डर भएकाले हामीले २० महिनासम्म चुपचाप बस्नुपर्यो । ८ लाख सदस्यहरु चुपचाप बस्नुपर्ने बाध्यता खडा भयो । क्रियाशील भएको भए पार्टीको क्रियाशीलता रहिरहन्थ्यो । पार्टी भित्र धमिरा लाग्ने थिएन । पार्टीभित्रै हिलो जम्ने थिएन । धुलो जम्ने थिएन । फोहर मैला जम्ने थिएन । निस्क्रियता धुलो मैलो जम्ने प्रक्रियाको अंग हुन्छ ।’