जेसिजको ‘छैठौं पदस्थाना तथा सम्मान’ कार्यक्रम सम्पन्न

203

माघ १२,
नगरकोट । नाल्दुम नगरकोट जेसिज को छैटौ पदस्थना तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मण्डनदेउपुर नरपालिकाका प्रमुख टोक बहादुर वाइबा, बिशेष अतिथी नेपाली सेना वार कलेज नगरकोटका सहायक रथी श्री सुरेश कार्की, वडा नं २ वडा अध्यक्ष केशब प्रशाद तिमिल्सिनालगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा विभिन्न बिधामा आफ्नो अमुल्य समय दिनुहुने व्यक्तिहरुलाई सम्पन्न गरिएको थियो । संस्थाका संस्थापक अध्यक्ष राजकुमार मल्लले जेसिज २८ देखि ४० उमेर सम्मको युवाहरुको नेतृत्व क्षमताको बिकाश गर्ने संस्था भएको बताए । संस्थाले नगरकोट क्षेत्रमा विविध रचनात्मक गतिविधि गर्दै आएको समेत उनको भनाई रहेको छ ।