दिपक मनाङे रिहा भए

78

माघ १२,
पोखरा । कुटपिट अभियोगमा पक्राउ परेका दिपक मनाङे रिहा भएका छन् । अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेको अभियोगमा पक्राउ परेका मनाङे ६ हजार धरौटीमा रिहा भएका हुन् । गण्डकी प्रदेशका सांसद समेत रहेका मनाङेबाट कुटिएका मिलनले माघ ८ गते जिल्ला प्रहरी कार्यालयमा कुटपिटको उजुरी दिएलगै ९ माघमा उनी पक्राउ परेका थिए । मनाङेमाथि प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको थियो । जिल्ला प्रशासन कार्यालयले आइतबार उनलाई ६ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । गण्डकी प्रदेशमा पहिलोपटक आयोजित ‘मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ को उद्घाटनपूर्व मनाङेले आयोजक एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई तीन झापड हानेका थिए । मनाङेले झापड हानेको पत्रकार सम्मेलन गरेर स्वीकार समेत गरेका थिए । -ratopati