Sunday, July 26, 2026
Home Blog Page 12
काठमाडौं । नेपाल सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश मार्फत् आयोग खारेज भएको हो । भूमिहीन दलित, भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोवासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२(क)को उपदफा (३) र ५२ (ख)को उपदफा (६) बमोजिम नेपाल सरकारले भूमि समस्या समाधान...
भक्तपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले नागरिककको स्वास्थ्य नै सबैभन्दा महत्त्वपूर्ण बिषय भएको बताउनु भएको छ ।सूर्यविनायक नगरपालिका वडा नं.८ स्थित सिपाडोलमा नवनिर्मित स्वास्थ्य चौकी भवनको समुद्घाटन गर्दै स्वास्थ्य मन्त्री थापाले भन्नुभयो "म स्वास्थ्यमन्त्री बनेपछि बागमती प्रदेशको स्वास्थ्यको क्षेत्रमा निकै नै सुधार गरेको छु" । अहिले सबैभन्दा उत्कृष्ट आफ्नो प्रदेशको स्वास्थ्य क्षेत्र रहेको बताउदै उहाकै पहलमा यो...
काठमाडौं । ओखलढुगां खिजीदेम्बा गाँउपालिका- रगनीमा रहेको श्री चण्डेश्वरी माध्यमिक विद्यालयका विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर बुढाथोकीले माफी मागेका छन् । रास्वपा सांसद विश्वराज पोखरेलबाट प्रधानाध्यापक सन्तबहादुर मगरले थर्काइ भेटेका थिए । विद्यालयका प्रअ मगर र विव्यस अध्यक्ष बुढाथोकीले मंगलबार विज्ञप्ति जारी गर्दै सांसद पोखरेलसँग माफी मागेका हुन् ।१० वैशाखमा सांसद पोखरेलले आफूलाई...
भक्तपुर । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले निकट भविश्यमा न्युरो सर्जरी सेवालाइ पुर्णरुपमा संचालन गर्ने भएको छ । बढ्दो सवारी दुर्घट्ना र त्यसबाट हुने क्षति न्युनिकरण गर्न अस्पतालले न्युरो सर्जरी सेवा पुर्णरुपमा संचालन गर्ने भएको हो । अस्पतालको १८ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनगर्दै मध्यपुर थिमि नगरपालिकाबाट सञ्चालित कोरिया मैत्री अस्पतालले वेड सहितको हेमोडाइलाइसिस सेवासमेत बिस्तार गर्न...
यौन स्वास्थ्य । यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनैपनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, सृंगार र सयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ । तर कतिपय मानिसहरु एकैचोटी सम्भोग गर्छन। यौनचाहना प्रकृतिले मानिसलाई दिएको एक विशेषता हो । सबै स्वस्थ व्यक्तिमा यौनचाहना हुन्छ। यसो गर्दा पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो...
काठमाडौँ । वैशाख २४ गते देखि जेठ ०९ गते सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित हनुमान चोकमा ‘तेश्रो गोकर्णेश्वर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८३’ संचालन हुने भएको छ । उपभोक्ताहरुलाई एकै स्थानबाट दैनिक उपभोग्य सामग्रीहरुको प्रदर्शनी एवम् सर्वशुलभ मुल्यमा बिक्रि वितरण गराउने तथा स्थानीय प्रतिभाहरुको खोजी गर्ने मुख्य उदेश्यका साथ नयाँ वर्षको अवसरमा बृहत् औद्योगिक...
काठमाडौं । सेयर बजारको परिसूचक नेप्से २६.१६ अंक घटेको छ । सो कमीसँगै नेप्से परिसूचक २७७० अंकमा झरेको छ । मंगलबार अघिल्लो दिन नेप्से ७.७ अंक बढेको थियो । कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो दिन ४ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५३ करोडको भयो । बैंक तथा वित्तीय संस्थाहरूको वर्चस्व रहेको सेयर...
काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध फेनारगन १० एम्पुल, डाइजेपाम ९ एम्पुल र नोर्फिन ९ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बेशीगाउँ बस्ने सिन्धुपाल्चोक घर भएका ३४ वर्षीय राजेश लामा र सोही नगरपालिका-६ नारायणटार बस्ने सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय राम तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले...
काठमाडौं । सर्वोच्च अदालतले उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिरासतमा राखेपछि हालिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले मंगलबार उक्त आदेश दिएको हो ।सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले विपक्षीहरूका नाममा उक्त आदेश जारी गरेको हो । गोल्छाकी पत्नी सीमाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन तीन दिनको मौसम पूर्वानुमान यस्तो रहेको छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश लगायत कर्णाली प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। लुम्बिनी प्रदेश लगायत बाँकी हिमाली...