चैत ५,
भक्तपुर । प्रहरीले नेपाल मजदुर किसान पार्टी(नेमकिपा)को नाममा चन्दा आंतक फैलाउने एक जनालाई पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका–५ मा चन्दा असुली गरिरहेकै अवस्थामा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–७ हेपाली बस्ने बर्ष ५० को गोपाल बहादुर पुर्कोटीलाई मंगलबार पक्राउ गरेको हो । उनले नेमकिपाको नाममा लेटर प्याड तयार गरी विद्यालय, बित्तिय सहकारी संस्था, स्वास्थ्य संस्था समेतमा जवरजस्ती चन्दा...
चैत ५,
काठमाडौं । सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ ।बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न सर्वसाधारणलाई आह्वान गरेको हो । त्यस्तै पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन बन्द गर्ने निर्णय पनि गरेको...
चैत ५,
काठमाडौं । कोरोना भाइरस (कोभिड) १९० रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एसईई परीक्षा हाललाई स्थगित गर्ने निर्णय हो । सरकारले बिहीबारदेखि हुन लागेको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । सो निर्णयको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी गराएका थिए ।बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले एइईई परीक्षा...
चैत ४,
भक्तपुर । सडक दुर्घटनामा हुदाँ मंलगबार भक्तपुरमा एक जनाको मृत्यु भएको छ ।
कोटश्वरबाट सूर्यविनायक तर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०२–००९ प ०३५९ नम्बरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा बा ५८ प १६७७ को मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले बताए ।मध्यपुर थिमि नगरपालिका–३ कौशलटारमा भएको...
चैत ४,
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ९ नंखेलमा एक महिलाको हत्या भएको छ । फागुन ३० गते शुक्रबार दिउँस नंखेलकी ३२ पबित्रा ब्यान्जु आफ्नै दुई तले घरको माथिल्लो तलामा मृत अवस्थामा फेला परिन् । मृतकको नाकबाट नाकबाट रगत बगेको र अन्य चोटपटक पनि छ भन्ने सूचना प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली घटनास्थल पुग्यो । महानगरीय प्रहरी वृत्त...
चैत ४,
काठमाडौं । निजी अस्पताल र अन्य स्वास्थ्य संस्थालाई सरकारले नियन्त्रणमा लिएको छ । स्पेनमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन सिंगो देशबासीलाई होम क्वारेन्टाइनमा राखेको सरकारले निजी अस्पताललाई सरकारी स्वास्थ्य निकायको नियन्त्रणमा राख्ने निर्णय गरेको हो । अब आवश्यक परेमा सरकारले निजी अस्पताल खरिद गर्नसक्छ । स्पेनका स्वास्थ्यमन्त्री साल्भाडोर इल्लाले कोरोना भाइरसविरुद्ध लड्न अघि सारिएको योजनाअनुसार नै यस्तो...
चैत ४,
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि दुई नेतावीचको मंगलबारको भेटवार्ता दोस्रो पटक हो । यसअघि प्रधानमन्त्री ओली र प्रचण्डबीच चैत १ गते शनिबार भएको थियो ।दुई नेताको भेटवार्तापछि सचिवालय बैठक बोलाउन मिति...
चैत ४, काठमाडौं । जिल्ला प्रशासन काभ्रेले पनौती र त्यस आसपासका क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले मंगलबार बिहान नौ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि पनौतीको चारकिल्ला र बजार क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको जानकारी दिए ।सोमबार दिउँसो पनौती बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा आमा र छोरीको मृत्यु...
चैत ३,
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २–२ रुपयाँका दरले मूल्य घटाएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा समायोजन गरिएको निगमले जनाएको छ।अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १०६ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ...
चैत ३,
बीबीसी । चीनबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको छ।कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ त? यो सामग्रीमा अद्यावधिक तथा आधिकारिक तथ्याङ्क प्रस्तुत...










