काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यु

270

चैत ४, काठमाडौं । जिल्ला प्रशासन काभ्रेले पनौती र त्यस आसपासका क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले मंगलबार बिहान नौ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि पनौतीको चारकिल्ला र बजार क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको जानकारी दिए ।

सोमबार दिउँसो पनौती बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा आमा र छोरीको मृत्यु भएपछि पनौती तनाबग्रस्त बनेको छ । बा ५ ख ५४८० नम्बरको ट्रिपरले ठक्करबाट खानीखोला गाउँपालिकाको वडा नम्बर १ स्थित श्री कालिका प्राथमिक विद्यालय हातिडाँडाका प्रधानाध्यापक ३३ बर्षीय जुनिमाया गोले र उहाँकी ३ बर्षिया छोरी स्मारिकाको निधन भएको थियो ।

घटनापछि स्थानीयले पनौती पार्क क्षेत्रमा प्रर्दशन गरेका थिए । प्रर्दशनका क्रममा ६ जना प्रहरीले दुई जना प्रर्दशनकारी घाइते भएका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन १५ राउन्ड हवाइ फाएर र १७ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो ।

प्रर्दशनकारीले पनौतिमा रहेको प्रहरी बिट तोडपोड गरेका छन् । घाइते हुनेमा प्रहरीका सई बिरेन्द्र शाह, हवल्दार मिन बहादुर थापा, दिलिप बुढाथोकी र सुनिता घिमिरे, प्रहरी जवान नवराज भारती र ललित थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब निरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

प्रर्दशनकारी तर्फ सञ्जय चौधरी, हर्क बहादुर ग्याबा, जीव राज तामाङ र सरत तामाङ घाइते भएका छन् । घाइते सबै बनेपा स्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । -updetekhabar बाट