भक्तपुरमा श्रीमानले गरे श्रीमतीको ‘हत्या’

414

चैत ४,
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ९ नंखेलमा एक महिलाको हत्या भएको छ । फागुन ३० गते शुक्रबार दिउँस नंखेलकी ३२ पबित्रा ब्यान्जु आफ्नै दुई तले घरको माथिल्लो तलामा मृत अवस्थामा फेला परिन् । मृतकको नाकबाट नाकबाट रगत बगेको र अन्य चोटपटक पनि छ भन्ने सूचना प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली घटनास्थल पुग्यो । महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी नायव उपरिक्षक चक्रराज जोशीको कमाण्डमा अनुसन्धान सुरु भयो ।

मृतक पबित्राको नाकबाट रगत बगेको र निलडाम समेत देखिएको हुँदा सुरुमा नै प्रहरीको शंकाको सुई उनको श्रीमान् ३३ वर्षका राजन ब्यान्जुतर्फ सोझियो । डीएसपी जोशीको टोलीले अनुसन्धान गर्ने क्रममा श्रीमान श्रीमती दुबैले सँगै बसी मादक पदार्थ सेवन गरेको र खाना पकाउने र खाने बिषयमा विवाद भएको खुल्न आयो ।

राजनले श्रीमती पबित्रालाई लात्ती, मुक्का र दाउरा समेतले कुटपिट गरेको प्रहरी समक्ष बताएका छन् ।
प्रहरीका अनुसार पबित्राको मुत्यु श्रीमानको कुटाईबाट भएको खुल्न आएको छ ।
मृतक पबित्रका दाई अर्जुन भन्ने प्रेम बहादुर घर्तीले किटानी जाहेरी दिएपछि राजनलाई नियन्त्रणमा लिई कानून बमोजिम अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।