भक्तपुरमा सडक दुर्घटनामा एक जनाको मृत्यु

423
सांकेतिक तस्विर

चैत ४,
भक्तपुर । सडक दुर्घटनामा हुदाँ मंलगबार भक्तपुरमा एक जनाको मृत्यु भएको छ ।
कोटश्वरबाट सूर्यविनायक तर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०२–००९ प ०३५९ नम्बरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा बा ५८ प १६७७ को मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले बताए ।

मध्यपुर थिमि नगरपालिका–३ कौशलटारमा भएको मोटरसाइकल दुर्घटना मृतकको परिचय र ठेगाना खुल्न सकेको छैन् । नाम थर वतन खुल्न नआएको मोटरसाइकल चालक अन्दाजी बर्ष ३० को पुरुष ब्यक्तिको मृत्यु भएका प्रहरीले जानकारी दिएको छ ।
स्कुटर चालक मध्यपुर थिमि–८ बोडेकी १८ वर्षीया इशा ढेकेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाबाट सख्त घाइते मोटरसाइकल चालकको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको डीएसपी गिरीले जानकारी दिएका छन् ।