Sunday, August 2, 2026
Home Blog Page 1180
चैत ८, काठमाडौं । कोरोना भाइरस कोभिड–१९ बाट एकजना नेपालीको मृत्यु भएको छ। बेलायतमा बस्दै आएका पूर्वगोरखा सैनिक लीलाबहादुर राईको मृत्यु भएको हो। संखुवासभाको खाँदबारी नगरपालिका–१० स्थायी घर भई हाल लण्डनको साउथ ह्यारोमा बस्दै राईको मंगलबार मृत्यु भएको हो। तीन दिनअघि राईको मृत्यु भए पनि अस्पतालले शनिबार मात्र उनको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो । पारिवारिक...
चैत ८, भक्तपुर । शनिबार भक्तपुरको खरिपाटीको क्वारेन्टाइनमा एकाएक साझा यातायात छिर्यो । तब स्थानीयहरु एकछिन् किन होला भनेर चासो मान्न थाले । केहीबेरमा थाहा भयो त्यहाँ विभिन्न देशबाटआएका ६२ जना नेपालीलाई खरिपाटी क्वारेन्टाइनका लागि ल्याईएको रहेछ । जसमा ४ जना महिला र एक ७६ वर्षीया वृद्ध पनि रहेकी छन् । कोरोना भाइरस जोमिकलाई मध्यनजर गर्दै सरकारले लगाएको अस्थायी प्रतिबन्धलाई...
चैत ८, काठमाडौं । नेपाली काँग्रेसले चैत्र मसान्तसम्मलाई पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन गरेको छ ।काँग्रेसले फागुन १६ गतेबाट समायोजन सकेका जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरण थालेको थियो । शनिबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा यसलाई स्थगन गरेर कोरोना सचेतना अभियानमा थप सक्रियता जनाउने उल्लेख छ ।काँग्रेसले यसअघि कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै पार्टीका...
रिचार्ड ग्रे, बीबीसी फ्यूचर । जति कोरोनाभाइरस सङ्क्रमण फैलिइरहेको छ, त्यति नै विभिन्न वस्तुको सतहहरूसँग हाम्रो डर पनि बढिरहेको छ। संसारभर मानिसहरूले नयाँ अभ्यास शुरू गरेको देख्न सकिन्छ। यस्ता अभ्यासमा कुहिनोले ढोका खोल्ने, बस वा रेलमा कतै नसमाई उभिने र कार्यालयमा बिहान आफ्नो टेबुल सफा गर्ने छन्। कोरोनाभाइरसको सङ्क्रमण धेरै भएका स्थानमा शरीर छोप्ने कपडा लगाएका मानिसहरूले खेलस्थल र सडकहरूमा...
चैत ८,चैत्र ०८ गते (शनिबार)दिउँसोः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ | पहाडी भू-भागका थोरै स्थानहरूमा र तराईका १-२ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ ।रातीः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । देशको पूर्वी र मध्य भू-भागका १-२ स्थानहरुमा...
चैत ८, काठमाडौ । नर्भिक अस्पतालमा कोरोना भाइरस संक्रमित भेटिएको भन्ने गलत हल्ला फैलिएपछि अस्पतालले यसबारे खण्डन गरेको छ । ‘शनिवार बिहानैदेखि नै फेसवुक लगायतका विभिन्न सामाजिक सञ्जालमा नर्भिक अस्पतालमा ८ जना कोभिड–१९ का विरामी भेटिए भन्ने शाब्दिक एवम् भाषिक भ्रामक, कपोलकल्पित एवम् झुट्टा समाचार प्रकाशित भएको प्रति आफूहरु आश्चर्य–चकित भएको’ अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।
चैत ८, कैलाली । कैलालीको टीकापुरमा उत्पादन भएको मास्क भारतीय बजारमा बिक्री हुन थालेको छ । विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिरहेका बेला बजारमा मास्क अभाव भएपछि सीमावर्ती भारतीय बजारबाट समेत मास्क खरिद गर्न टीकापुर आउन थालेका हुन् । टीकापुरमा महालक्ष्मी गार्मेन्टले उत्पादन गरेका मास्क थोकमा रु १५ मा बिक्री गर्न थालेपछि भारतीय नागरिकसमेत मास्क खरिद गर्न नेपाल आउन थालेको...
चैत ८, काठमाडौं । हिमाल मिडिया प्रालिले ९ चैतपछि अनिश्चितकालका लागि हिमाल खबर पत्रिकाको प्रकाशन बन्द गर्ने घोषणा गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण हिमाल मिडियाले छापा संस्करण बन्द गर्ने घोषणा गरेको हो । अवस्था सामान्य नहुन्जेलसम्म अनलाइनमा मात्र समाचारहरु अपडेट गर्ने हिमाल मिडियाले जनाएको छ । हिमाल खबर पत्रिकाका प्रकाशक कनकमणि दीक्षितले भने, ‘हिमाल मिडिया प्रालिले...
चैत ७, सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले मट्टितेल र पेट्रोलको कालो बजारी गर्ने दुई जना पक्राउ गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलिले चौतारा साँगाचोक गढी न.पा. वडा नं. ५ पुरानो बजारमा बा २ ख ३८०६ नं.को मिनि ट्रकबाट मट्टितेल र पेट्रोल बरामद गरेको हो । ज्ञानीमाया दुलालको किराना पसल अगाडी रोकी राखिएको उक्त मिनि...
सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा गर्नुभएको सम्बोधन,७ चैत २०७६ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आप्mनो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरु सामु उपस्थिति भएको छु । अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वा्धिक कठिन मोडबाट गुज्रिरहेको छ । विश्वका अधिकांश मुलुकहरू यस महामारीको संक्रमणबाट...