चीनमा नयाँ कोरोना संक्रमित भेटिएनन्

201

चैत १०,

बेइजिङ । चीनमा कोरोना संक्रमणको मामलामा पछिल्ला पाँच दिन निकै सुखद् देखिएको छ । पछिल्ला पाँच दिनमा नयाँ संक्रमितमा एक जना पनि स्थानीय नरहेको अधिकारीहरुले जनाएका छन् । केही नयाँ संक्रमित रहे पनि उनीहरु स्थानीय संक्रमण नरहेको चिनियाँ अधिकारीहरुको भनाइ छ । विदेशबाट आएकामा मात्र नयाँ संक्रमण देखिएको बताइएको छ । कोरोनाभाइरसको संक्रमण पहिलो पटक फैलिएको हुवेइमा पाँच दिन यता नयाँ संक्रमित नपाइएको चिनियाँ अधिकारीहरुले दावी गरेका छन् ।