युवाले वडाध्यक्षलाई नै वितरण गरे राहत

166

चैत १९,
मोरङ । मोरङको कटहरी गाउँपालिका स्थानीयले वडाध्यक्षको घरमै राहत सामाग्री पुर्‍याइदिएका छन् । बुधबार स्थानीय युवाको समूहले चामल, तरकारी, नुन, तेलसहितको राहत सामग्री वडाध्यक्षको घरमै पुर्‍याइदिएका हुन् । स्थानीयले वडाध्यक्षलाई राहतको आवश्यकता परेकोले खाद्यसामग्री लगिदिएका भने हैनन् । लकडाउनको कारण समस्यामा परेको बेला पनि वास्ता नगरेको भन्दै आक्रोशित स्थानीयले व्यंग्यस्वरूप कटहरी–१ का वडाध्यक्ष कपुरलाल माझीको घरमा राहत सामाग्री लगिदिएका हुन् ।

उनीहरूले संकटको बेलामा नागरिकको समस्याप्रति चासो नराखेको भन्दै वडाध्यक्षलाई नै राहत उपलब्ध गराएको बताएका छन् । सरकारले स्थानीय तहलाई लकडाउनको कारण समस्यामा परेका परिवारको लगत संकलन गरी राहत उपलब्ध गराउन भनेको छ ।
तर, वडाध्यक्ष माझीले वास्ता नगरेकोले उनलाई नै समस्या परेको होला भनेर राहत लगिदिएको स्थानीय युवाले बताएका छन् । ुराहतको व्यवस्थापन गर्न अनुरोध गर्दा वडाध्यक्षले माथिबाट केही आएको छैन, म पनि समस्यामा छु भनेकोले उनलाई राहत पुर्‍याईदिएको होु स्थानीय युवा मो। रमजानले भने । युवा आएको सुईको पाएर माझी घरबाट निस्किएकालले उनको घरमा राहत सामग्री छोडेर आएको उनले बताए ।