Wednesday, September 30, 2026
Home समाचार सुरक्षाकर्मीहरुलाई सहयोग गर्दै भक्तपुरमा युवा

सुरक्षाकर्मीहरुलाई सहयोग गर्दै भक्तपुरमा युवा

247

चैत्र १८,
भक्तपुर। दिनभर सडकमा डियुटीमा खटिएका प्रहरीलाई सडकमै पुगेर खानेकुरा देखि पन्जासम्म वितरण गरिएको छ । नेपाल दशनामी समाज भक्तपुरका युवा अध्यक्ष एवं भक्तपुर मोटर ड्राइभिङ्ग ट्रेनिङ्ग सेन्टरका अध्यक्ष गोकुल वन र उनका साथीहरुले सडक मै गएर नेपाल प्रहरी, शसस्त्र प्रहरी र ट्राफिक प्रहरीलाई सामाग्रीहरु प्रदान गरेका छन् । वनलाई यो कार्यमा साथीहरु राजु सुवाल, साजन थापा, प्रविन गिरीले साथ दिएका हुन् ।

उनीहरुले जडिबुटीदेखि मध्यपुरथिमि, सूर्यविनायक, जगातीहुदै साँगासम्म डियुटीमा खटिएका करिब २ सय प्रहरी विभिन्न सामाग्री वितरण गरेका हुन् । प्रहरीलाई हातमा लाउने ग्लोभ्स्, मास्क, पिउने पानी र खाजाको प्याकेट वितरण गरेको छन् । सुरक्षाका लागि सडकमा खटिएका प्रहरीहरुले किनेर पानी र खाजा खाने ठाउँ पनि छैन, त्यसैले उहाँहरुलाई सानो सहयोग गरेका हौ” अध्यक्ष वनले भने ।