राहत कस्ताले पाउँछन, हेर्नुहोस्

143

चैत १९,
काठमाडौं । कोरोना भाइरसको फैलावट रोक्नको लागि सरकारले लगाएको लकडाउने पारेको प्रभावलाई मध्यनजर गर्दै सरकारले आर्थिक र राहत प्याकेज १६ चैतमा घोषणा गरेको थियो । जसमा न्यून आय भएका र असंगठित क्षेत्रका मजदुरलाई राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको थियो ।

लकडाउन अवधिभर पुग्ने गरी दिइने भनेको राहत कतिरु कसरी वितरण गर्ने कस-कसलाई वितरण गर्ने लगायत विषयलाई व्यवस्थित गर्नको लागि कार्यविधी तयार गरिएको अर्थमन्त्रालयका सह-सचिव उत्तरकुमार खत्रीले जानकारी गराए । स्थानीय तहबाट दिइने राहतमा न्युन आर्थिक अवस्था, असाह्‍य र असंगठित क्षेत्रका श्रमिकलाई राहत दिइनेछ ।

कस-कसले पाउछ राहत ?

-पसलबाट ग्राहकको घरसम्म सामान लैजाने श्रमिक
-पर्यटक भरिया, ननिर्माण सामाग्री भरिया तथा सवारी साधन नचल्ने क्षेत्रमा आवश्‍य बस्तु ओसार पसार गर्ने व्यक्ति
-ट्रक, ट्रिप भ्यानबाट सामान लोडअनलोड गर्ने
-अन्य व्यक्तिको खेतिवारीमा ज्यालादारी काम गर्ने
-दैनिक ज्यालादारीमा शिशु वा जेष्ठ नागरिकको हेरचाहा गर्ने श्रमिक
-गिट्टी कुट्ने बालुवा चाल्ने तथा ईटा भट्टामा काम गर्ने श्रमिक
-निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक
-नाङलो पसले, फुटपाथमा व्यवसाय गर्ने व्यवसायी तथा साइकल व्यापार गर्ने
-अन्य व्यक्तिको मालवाबाहक सवारी तथा डेलभरी भ्यान चलाउने सवारी चालक, –सहचालक
-दैनिक ठेक्का वा ज्यालामा ट्याक्सी वा टेम्पो चलाउने सवारी चालक
-रिक्सा तथा ठेलागाडा चालक
-ग्यारेजमा काम गर्ने मजदूर
-गार्मेन्ट, कार्पेट, टेलरिङ, गलैचा, बुट्टा जर्ती भर्ने र कपडा पसलमा दैन ज्यालादारीमा काम गर्ने मजदुर
-स्थानीय तहमा दैनिक ज्यालादारीमा कामगर्ने अन्य व्यक्ति
-मन्दिर, आश्रम, धर्मशाला, गुम्वा, मस्जिद, गुरुद्वार, चर्च वा वृद्धाश्रममा बस्ने व्यक्ति