बैशाख ४,
काठमाडौं । नेपाल विद्यार्थी संघले अध्ययनका लागि डेरामा बसेका विद्यार्थीहरुलाई सहयोग गरेर स्थापना दिवस मनाउने भएको छ । विहिबार संघका अध्यक्ष राजीव ढुँगानाले सर्कुलर जारी गर्दै जिल्ला समिति र क्याम्पस इकाईलाई यस्तो निर्देशन जारी गरेका हुन् । बैशाख ६ गते नेपाल विद्यार्थी संघ स्थापना भएको ५१ वर्षमा पुग्दै छ । कोरोना भाइरसका कारण डेरामा रहेका विद्यार्थीहरु समस्यामा रहेको भन्दै नेविसंघले यस वर्ष ती विद्यार्थीलाई सहयोग गरेर स्थापना दिवस मनाउन लागेको संघका महामन्त्री बलदेव तिमल्सिनाले बताए।