जब साझँ पर्छ, हराउदैं जान्छ भक्तपुरमा लकडाउन

113

बैशाख ३,
भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम सरकारले लकडाउन गरेको छ । बुधबारबाट बैशाख १५ गतेसम्मलाई देशभर लकडाउन जारी रहेने छ । कोरोनाभाइरस (कोभिड–१९) विश्व मानव जातिका लागि गम्भीर चुनौतीकासाथ देखा परेको छ । विश्वका २ सय १० देश फैलिएको यो भाइरसको संक्रमण समाचार तयार गर्दासम्म २१ लाख ९७ हजार १ सय ६१ जनामा फैलिएको छ । १ लाख ४७ हजार ५ सय १२ जनाले ज्यान गुमाइ सकेका छन् । नेपालमा हालसम्म १६ जनामा संक्रमण भएको छ, एक जना उपचार गरेपछि घर फर्कीएका छन् ।

यस्तो भयावहक अवस्थालाई रोक्न जारी गरिएको लकडाउन भक्तपुरमा भने साँझ नो लकडाउन जस्तै देखिन्छ । मासिनहरु तोकिएको सामाजिक दुरी समेत कायम नगरी पसलमा सामान किन्दै गरेका भेटिन्छन् । अरनिको राजमार्गमात्र होइन भित्र सडकहरु समेत सार्वजनिक सवारी बाहेक गुडिरहेका हुन्छन् । सुरक्षाकर्मीले रोक्दा यो वा त्यो वहाना बनाउने समेत धेरै छन् । काठमाडौंबाट भक्तपुर हुदैं पूर्वतर्फ पैदल जाने क्रम रोकिएको छैन् । भक्तपुरमा सडक पेटि र किनारामा गरिने तरकारी बिक्रि र बजारमा बाहिर सटरबन्द गरेर भित्र संंचालन हुने मदिराका भट्टि कोरोना संंक्रमणक उच्च जोखिम रहेको स्थानीयहरुको भनाई छ ।

महानगरिय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशी भन्छन् ‘मानिस घुम्ने मनशायका साथ घर बाहिर आउने गरेका छन्’ । उनी थप्छन् ‘आधा किलो काउली र एक पाउ गोलभेडा बोकेर प्रहरीको आखाँ छल्ने धेरै भेटिन्छन्’ ।
तस्विरमा हेर्नुहोस्