बैशाख ८,
काठमाडौं । सोमबारको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधनगरेपछि राजनीतिक दलमा हलचल मच्चिन थालेको छ । कतिपयले भने नेकपा नै विभाजन हुने पो हो की भन्ने आंशका गर्न थालेका छन् । दल विभाजनसम्बनधी अध्यादेश मन्त्रिपरिषदबाट पारित भएलगत्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को हाइकमाण्ड मानिने सचिवालय बैठक बस्दैछ । उक्त बैठकमा यसबारे गम्भीर छलफल हुने नेताहरुले...
बैशाख ८,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोेरोना भाइरस संक्रमणको महामारीका बेला सरकारलाई बेमौसमी बाजा नबजाउन आग्रह दिएको छ सोमबारको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधनगरेपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बेमौसमी बाजा नबचाउन आग्रह गरेका हुन् । संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने भएकाले मुलुकमा अन्य विषय गौण भएको उनको तर्क छ । ...
वैशाख ८,काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखा प्रमुख फेरिने भएका छन् । परिसर र महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदी र महाशाखा प्रमुख सहकुलबहादुर थापा दुबै जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएपछि नेतृत्व परिवर्तन हुन लागेको हो । महाशाखा र परिसरमा एसएसपी प्रमुख हुने व्यवस्था छ । अपराध महाशाखा उपत्यकाको महत्वपूर्ण सुरक्षा...
-प्रकाश कुमार कार्कीमलाई राहत हैन नेता ज्यू
हजुरको नैतिकतामात्र भए पुग्छ ।
मेरो देशको करोडौं पैसा भ्रष्टाचार गरेर नलुकाइदिए पुग्छ !
हामी नेपालीलाई विभिन्न बाहनामा नमारिदिए पुग्छ !
हजुरको खराब सोच अनि त्यो हजुरको चोर्ने मन र
लुगा लगाएको तर चरीत्र नाङ्गो भैइ सकेको त्यो शरीर नदेखाएदिए पुग्छ।
हरेक बिकासका पाइलामा हजुर बाधक नबनिदिए पुग्छ
देशमा कुशासनलाई दिनप्रती दिन मलजल गर्ने हजुरले सुशासनको प्रत्यभुती दिलाउने सरकारमा...
-रमेश प्रजापति
इतिहासमा जति पनि मानव सभ्यताको इतिहास छन् । ती सबै संघर्षपूर्ण इतिहास हो । चाहे त्यो धर्मको इतिहास होस् चाहे त्यो राज्यको इतिहास होस चाहे त्यो विचारको इतिहास होस् । यी इतिहासहरु फरक समयमा फरक किसिमले प्रस्फुटन हुन्छ, भै राखेका छन् र हुँदै जान्छन । आज सारा विश्व कोरोना भाइरससँग लडिरहेको छ । पुनः एकचोटी यो संघर्ष महा...
बैशाख ८,
भक्तपुर । सुर्यनगर टोल विकास समाजले भक्तपुरका सञ्चारकर्मीहरुलाई सुरक्षा सामग्री प्रदान गरेको छ । रिर्पोटिङ्गका सन्दर्भमा बिभिन्न स्थानमा पुग्नुपर्ने र त्यसले सञ्चारकर्मीलाई जोखिम बढाउने भन्दै समाजले सञ्चारकर्मीका लागि स्यानिटाइजर, मास्क, ग्लोब्सलगायतका सुरक्षा सामग्री प्रदान गरिएको समाजका सल्लाहकार एवम् नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोबिन्द चौलागाईले जानकारी दिए ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस बिरुद्धको लडाईमा जोखिम...
बैशाख ८,
काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशको पूर्वी भू–भागमा आंशिक देखि सामान्य बदली भइरहेको र बाँकी भेगको मौसम सामान्तया सफा रहेको छ ।महाशाखाले जारी गरेको सोमबारको मौसम पूूर्वानुमानमा उल्लेख भएअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। यसैगरी,...
बैशाख ७,
मङ्गलबारे । इलाममा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने एक युवकलाई शनिबार पक्राउ गरिएको छ । इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । इलाम नगरपालिका–५ बरबोटेमा कोरोना भाइरसका सङ्क्रमित फेला परेको भन्दै लिम्बूले सामाजिक सञ्जालमा पोष्ट गरेर अफवाह फैलाउने काम गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका...
–निरज थकाली
मुस्ताङ (ठिनी) । हिमालबाट जाडो छल्न पोखरा झरेकी छिरिङ गुरुङ गर्मी बढ्दै जाँदा दुःखी बन्नुभएको छ । गत मङ्सिरमा (पोखरा) झर्नुभएकी उहाँ गाउँ फर्कन नपाएर हैरान हुनुभएको हो । गाउँ फर्कने तयारीमा रहेका बेला सरकारले कोरोना नियन्त्रण गर्न लकडाउन गरेकाले पोखरामै अलपत्र पर्नुभएको हो । हिमाली भेकका बासिन्दालाई गर्मी ठाउँ फाप्दैन । “पोखरामा गर्मीले बस्नै गाह्रो भयो...
–मधुकर अधिकारी
बैशाख ७, वासिङ्गटन डिसी, अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ । तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा भएको पुष्टि भएसँगै निधन हुनेको सङ्ख्या १० पुगेको हो ।
यसअघि बिहीबार ७० वर्षका महेश अमात्यको न्यूयोर्कको रिजउडमा र बुधबार उडसाइडमा पवन मल्लको निधन भएको थियो ।...










