Friday, July 31, 2026
Home Blog Page 1164
बैशाख १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा अध्यादेशले नै नेकपा नफुट्ने बताएका छन्। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुदूरपश्चिम प्रदेशका संघीय सांसदहरुसँगको अन्तरक्रियाका क्रममा उनले यसो भनेका हुन्। नेकपाका सांसद झपट रावलका अनुसार प्रधानमन्त्री ओलीले दलसम्बन्धी एउटा अध्यादेश ल्याउँदैमा नेकपा फुट्छ भन्नेहरु भ्रममा रहेको उल्लेख गरेका हुन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उपस्थित अन्तरक्रियामा ओलीले...
बैशाख १०,काठमाडौं । नेपाल औषधि लिमिटेडले दैनिक १० हजार बोतल ‘ह्याण्ड स्यानिटाइजर’ उत्पादन गरिरहेको जनाएको छ । नेपालमा लकडाउनको अवस्थामा चरम अभाव रहेको स्यानिटाइजरको सहजताका लागि लिमिटेडले गत चैत २ गतेदेखि उत्पादन थालेको हो ।औषधि लिमिटेडका निमित्त महाप्रबन्धक विजय श्री रत्न बज्राचार्यले कोभिड–१९ का लागि चाहिने अत्यावश्यक हयाण्ड स्यानिटाइजर उत्पादन गरिरहेको जानकारी दिए । उनका अनुसार अहिले विभागले दैनिक...
-राजकुमार ढकाल (प्रीन्स) यहाँ हरेक व्यक्तीलाई आफुलाई लागेको कुरा स्वतन्त्र रुपमा अभिव्यक्ति गर्न संविधानले नै छुट दिएको छ । विचार तथा अभिव्यक्ती स्वन्त्रता मानव अधिकारको बिषय पनि हो । लागेको कुरा बोल्न र लेख्न मज्जाले पाइन्छ, यसैकालागि नेपालमा राजनैतिक आन्दोलन दशौकदेखी हुदैं आएका छन् । हरेक आन्दोलनमा स्वतन्त्रताको विषयले नै प्रमुख स्थान पायो । आन्दोलनको प्राप्तीपछि बनेका संविधानमा यसबारे संम्बोधन...
वैशाख १०, श्रींलकांले नेपालसहित दक्षिण एसियाली मुलुकमा रोकिएका आफ्ना विद्यार्थीलाई फिर्ता लैजान शुरु गरेको छ । नेपाल, भारत र पाकिस्तानमा रोकिएका आफ्ना विद्यार्थी लैजान श्रीलंकाले चार्टर्ड उडान गरी घर लैजान थालेको हो । श्रीलंकन विदेश मन्त्रालयले विदेशमा फसेका आफ्ना विद्यार्थीको उद्धार गर्ने नीतिअनुसार यी तीन मुलुकमा विशेष उडानको व्यवस्थापन मिलाइएको हो । यसअघि अन्य मुलुकमा फसेका आफ्ना नागरिकलाई फिर्ता...
बैशाख १०, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरुको थप विवरण खुलाइएको छैन । यस्तै आज थप दुईनजना गरी ७ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । डिस्चार्ज हुनेमा धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र टेकुका ३२ वर्षीय पुरुष रहेका छन् । थप...
बैशाख ९, काठमाडौं । उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४० पुगेको छ । उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । संक्रमित पुष्टि भएका...
बैशाख ९, भक्तपुर । महिला उद्यमी संघ र क्रिएटीभ वुमनको संयुक्त पहलमा भक्तपुर अस्तपाल लाई ७ सेट पीपीए प्रदान गरिएको छ । महिला उद्यमी संघ संस्थापक अध्यक्ष रिता अवालसहित अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवाललाई उक्त सामाग्री प्रदान गरेको हो ।
वैशाख ९ काठमाडौं । अमेरिकी कच्चा तेलको मूल्य इतिहासमा पहिलोपटक शून्यभन्दा पनि तल (ऋणात्मक) भएको छ । कच्चा तेलको माग घटेको र भण्डारण क्षमता कम भएकाले तेलको मूल्यमा भारी गिराट आएको बीबीसीले लेखेको छ । यो गिरावटको अर्थ हो, तेल उत्पादक देश अब खरिदकर्तालाई पैसा दिएर तेल किन्न अनुरोध गरिरहेका छन् । किनभने उनीहरुलाई अब डर छ कि अब...
बैशाख ९, काठमाडौं । हाल काठमाण्डौ उपत्यका लगाएत देशका विभिन्न स्थानमा (सक्रिय भएको प्रदेश: प्रदेश न. १, २, बाग्मति प्रदेश , गण्डकी प्रदेश) विकसित मेघ गर्जन/चट्याङ सहित वर्षा गराउने बादलका कारण मेघ गर्जन/चट्याङ हावाहुरी लगाएत वर्षा भैरहेको र उक्त प्रणाली उत्तर पूर्वतिर सर्दै गएको र हावाहुरी/मेघ गर्जन/चट्याङ्/असिनाको सम्भावना रहेकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध...
-जानु काम्बांग लिम्बून आँखामा निन्द्रा, न मुखमा भोक, न मनमा सान्ति कस्तो कस्तो लागिरहेको छ । हस्पिटलको ठुलो कोठामा ४ जना केटि सुतेका छौं । हेर्छु साथीहरू मस्त निन्द्रामा छन् । ओछ्यान पस्न अघि साथीहरूले गरेको हल्ला र ओछ्यान फेरिनुलाई निन्द्रा नलाग्नुको कारण बनाए साथीहरूको सामु तर, मनमा भने अर्कै थियो । निन्द्रा नालाग्नुको कारण हामीले काम गरिरहेको हस्पिटलमा...