४५ जनामा कोरोना संक्रमणः ७ जना निको भएर घर गए

115
सांकेतिक तस्विर

बैशाख १०,
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरुको थप विवरण खुलाइएको छैन । यस्तै आज थप दुईनजना गरी ७ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । डिस्चार्ज हुनेमा धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र टेकुका ३२ वर्षीय पुरुष रहेका छन् । थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार गरिएको पीसीआर परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितमा २४, ६० र ७२ वर्षीय पुरुष रहेका छन् ।