Sunday, September 27, 2026
Home अन्तर्राष्ट्रिय भारतमा एकै दिन पाँच हजारभन्दा बढीलाई कोरोना

भारतमा एकै दिन पाँच हजारभन्दा बढीलाई कोरोना

133

जेठ ५, भारतमा कोरोना संक्रमितको संख्या आकासिएको छ । गत २४ घण्टामा भारतभर ५ हजार २ सय ४२ संक्रमित थपिएका छन्। यो एक दिनमा भएको हालसम्मकै उच्च वृद्धि हो। भारतमा अहिलेसम्म ९६ हजार १ सय ६९ जनामा संक्रमण देखिएको छ। संक्रमितको संख्या एक्कासि बढेपछि लकडाउन अझै कडा पारिने अनुमान गरिएको छ। विज्ञहरूले अर्थतन्त्र ध्वस्त हुनसक्ने चेतावनी दिएपछि सरकारले लकडाउन खुकुलो पार्ने योजना ल्याएको थियो। भारतमा कोरोनाका कारण ज्यान गुमाउनेका संख्या ३ हजार २९ पुगेको छ। भारतको महाराष्ट्रमा मात्रै ३३ हजारभन्दा बढीमा संक्रमण फैलिएको छ। त्यहाँ करिब १ हजार २ दुई सयको संख्यामा मानिसको मृत्यु भइसकेको छ। पछिल्ला ६ दिनमा भारतमा संक्रमितको संख्या उकालो लागिरहेको छ। हिजो आइतबार मात्र देशभर ५ हजार १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।