संसदमा आक्रमक रुपमा प्रस्तुत हुन देउवाको निर्देशन

247

जेठ ३,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गराएको छ ।शनिबार बसेको काँग्रेस संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव हालेको हो । उक्त संशोधन प्रस्ताव प्रस्तापक काँग्रेसद्वारा गठित छाया सरकारका अर्थमन्त्री मिनेन्द्र रिजाल र समर्थक सचेतक पुष्पा भुसाल र सांसद संजय गौतम रहेका छन् । सरकारले कोराना संकटका बेला नीति तथा कार्यक्रम ल्याउँदा प्राथमिकता नै पहिचान गर्न नसकेको बैठकले निष्कर्ष निकालेको सांसद डिला संग्रौलालाले जानकारी दिइन् ।

काँग्रेसले सरकारको नीति तथा कार्यक्रमको दस्ताबेज पुनर्लेखन गुर्नपर्ने जिकिर गरेको छ । रिजालका अनुसार प्रतिपी पक्षी दलले सरकारको नीति तथा कार्यक्रम पुनर्लेखनसहितको संशोधन प्रस्ताव पहिलो पटक हालेको हो । यस विषयमा भोलि बस्ने संसद बैठकमा देउवा र रिजालले थप कुरा राख्ने छन् ।