यी हुन् पासबिना चल्न पाउने सवारी साधनहरु

268

जेठ २,
काठमाडौं । काठमाडाडौंका मूल सडक, भित्री सडक र गल्लीहरुमा विभिन्न बहानामा मानिसहरुको भीड भएको भन्दै जिल्ला प्रशासन कार्यालयले थप कडाई गरेको हो । सडकमा बिनापास निस्किएमा प्रचलित कानुनबमोजिम कारबाही हुने पनि प्रशासनले जनाएको छ । एम्बुलेन्स, शव वाहन, औषधि तथा स्वास्थ्य सामग्री बोेकेका सवारी साधन, सबै प्रकारका औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु ढुवानी गर्ने, सबै प्रकारका खाद्यवस्तु ढुवानी गर्ने, पशुपन्छीजन्य आहारा, खसी बोका, राँगा, कुखुरा, माछा, फलफूल तथा तरकारी र निर्माण सामग्री बोकेका सवारी साधनलाई सवारी पास बिना चल्न दिने प्रशासनले बताएको छ । निर्माण सामग्री बोकेका हेभी सवारी साधन भने बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म मात्रै सञ्‍चालन गर्न पाइनेछ ।