Tuesday, July 28, 2026
Home Blog Page 1107
भदौ १५, नुवाकोट । नुवाकोट घर भएका दुई महिला कोरोना रोगको सङ्क्रमण देखिएसँगै सम्पर्कविहीन भएका छन् । काठमाडौँमा पिसिआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र १४ वर्षीया सरस्वती घले नाम गरेका व्यक्ति सम्पर्कविहीन भएका हुन् । कोरोना जाँचका लागि उनीहरुले काठमाडौंमा स्वाबको नमूना दिएको र ठेगाना ‘नुवाकोट, वडा नं ३’ उल्लेख गरे पनि अधुरो भएकाले सम्पर्कमा ल्याउन कठिन...
भदौ १५, काठमाडौं । सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चलनमा ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको खतिवडाले...
भदौ १५, काठमाडौं । काठमाडौं उपत्यकामै सबैभन्दा बढी जाम हुने कोटेश्वर—जडिबुटी सडक खण्ड ८ लेनमा विस्तार गर्ने काम सुरु भएको छ । सडक आठ लेनमा विस्तार भएपछि पीक आवरमा घण्टौसम्म जाममा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछन् । दक्षिणतिर दुई लेन र उत्तर तिर दुई लेन थप गर्दै सडक फराकिलो बनाउने काम सुरु भएको हो । २ लेन पेप्सीकोला र २...
भदौ १५, काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ । आज देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। हालसम्म संक्रमितमध्ये २१ हजार ४१० जना निको भएका छन् । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महिला ३०३ र पुरुष ५९६ जना गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको...
भदौं १५ भक्तपुर । कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिनबाट रोक्न भक्तपुरको सूर्यविनायक नगरपालिकाले टोलटोलमा कन्ट्रयाक ट्रेसिङ्ग सुरु गरेको छ । सोमबार सूर्यविनायक चोकमा स्वाब संकलन गर्दै नगरपालिकाले अभियान सुरु गरेको नगरप्रमुख बासुदेव थापाले जानकारी दिएका छन् । नगर प्रमुख थापाका अनुसार पछिल्लो समयमा अधिक संख्यामा कोरोना भाइरस सङ्क्रमण भएका जोखिम युक्त क्षेत्रको पहिचान गर्दै पीसीआर परीक्षणको दायरा फराकिलो पारिएको...
भदौं १४, सिन्धुपाल्चोक । बिहानीपख सुनकोशी गाउँपालिका-६ को सुनडाँडामा गएको पहिरोले ४ घर पुरेको छ । पहिरोले सुनकोशी-६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो पहिरोले पुरेको छ । घरमा रहेको अन्नपात पुरेको छ भने हजारौँ रोपनी जमिन क्षति गराएको स्थानीय जानकारी दिए ।उनका अनुसार केही दिनदेखि मानिस अन्यत्र बस्दै...
भदौ १४, काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका स्थित माझकोटमा एम्बुलेन्स दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बा.२ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा ३५ वर्षीय भानुभक्त गैह्रे र २२ वर्षीय श्याम पंगेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जनाका प्रहरी उपरिक्षक ९एसपी० होविन्द्र बोगटीले जानकारी दिए । प्रहरीले उद्धार गरेर वालिङ अस्पताल लैजाँदै गर्दा उनीहरुको मृत्यु...
भदौ १४, कञ्चनपुर । जिल्लाको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना सङ्कलन गरी जाँचका लागि काठमाडौँस्थित प्रयोगशाला पठाएको छ ।दुई साताको अवधिमै उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि टोली सङ्क्रामक रोगबारे...
भदौ १४, लन्डन । नेपालसहित विश्वभर कोरोना संक्रमणका कारण हाल सम्म ४ सय १० जना नेपालीको मृत्यु भएको छ । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९)संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १६ देशमा १९५ जना नेपालीहरुको मृत्यु ...
भदौ १३, दैलेख । जिल्लाका विभिन्न स्थानका किसान बँदेलले बाली नष्ट पार्न थालेपछि बाली जोगाउन रातभर जाग्राम बस्न बाध्य भएका छन् । यहाँका किसानले लगाएको बाली जङ्गली बँदेलले सखाप पार्दा रातभर जाग्राम बस्न थालेका हुन् । घर भित्र्याउन तयारी अवस्थामा रहेको अन्नबाली ठूलो सङ्ख्यामा आउने जङ्गली बँदेलले नोक्सान गर्न थालेपछि किसान खेतबारीमा रात बिताउन बाध्य भएका हुन् । धान,...