सिन्धुपाल्चोकको सुनडाँडामा पहिरो जादाँ ४ घर पुरिए 

101
सांकेतिक तस्विर

भदौं १४,
सिन्धुपाल्चोक । बिहानीपख सुनकोशी गाउँपालिका-६ को सुनडाँडामा गएको पहिरोले ४ घर पुरेको छ । पहिरोले सुनकोशी-६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो पहिरोले पुरेको छ । घरमा रहेको अन्नपात पुरेको छ भने हजारौँ रोपनी जमिन क्षति गराएको स्थानीय जानकारी दिए ।

उनका अनुसार केही दिनदेखि मानिस अन्यत्र बस्दै आएकाले मानवीय क्षति नभए पनि अन्नपात र पशु चौपाया भने पहिरोमा परेका छन् । घटनास्थलमा सुरक्षाकर्मीको टोली उद्धारका लागि भर्खरै पुगेकाले  क्षतिको विवरण आउन बाँकी छ ।