सूर्यविनायक नगरपालिकाको प्रयासः टोल-टोलमा कन्ट्रयाक ट्रेसिङ्ग

257

भदौं १५
भक्तपुर । कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिनबाट रोक्न भक्तपुरको सूर्यविनायक नगरपालिकाले टोलटोलमा कन्ट्रयाक ट्रेसिङ्ग सुरु गरेको छ । सोमबार सूर्यविनायक चोकमा स्वाब संकलन गर्दै नगरपालिकाले अभियान सुरु गरेको नगरप्रमुख बासुदेव थापाले जानकारी दिएका छन् । नगर प्रमुख थापाका अनुसार पछिल्लो समयमा अधिक संख्यामा कोरोना भाइरस सङ्क्रमण भएका जोखिम युक्त क्षेत्रको पहिचान गर्दै पीसीआर परीक्षणको दायरा फराकिलो पारिएको हो ।

जोखिम युक्त वडा र टोलको पहिचान गरी नगरपालिकाले आफ्ना स्वास्थ्यकर्मीको टोलीलाई परिचालन गरी टोल टोलमा स्वाब संकलन सुरु गरेका छौं, नगरप्रमुख थापाले नयाँ नेपाल न्यूजसंग भने ।
सोमबार वडा नं. ६ र ८ का कन्ट्रयाक ट्रेसिङ्गमा रहेका प्रहरीसहित ५५ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाएको छ । कार्यक्रममा नगर प्रमुख थापा, उपप्रमुख जुना बस्नेत, प्रशासकीय अधिकृत कमल ज्ञवाली, वडा नं. १, का वडा अध्यक्ष सानुकाजी कायस्थ, ६ का राजेश्वर भुजु, वडा नम्बर ८ का किरण थापालगायतको उपस्थिती रहको थियो ।

-तस्विरः रेडियो हिमालयनबाट