Tuesday, July 28, 2026
Home Blog Page 1105
भदौ १९, काठमडौं । एक महिना अघि लेबननको बेरुतमा भएको शक्तिशाली बिस्फोटको भग्नावशेषभित्र अझै पनि जीवनको संकेत भेटिएको चिलीका उद्धारकर्ताले बताएका छन् । उद्धारकार्यमा खटेको टोपोस चिलीका एक सदस्यले अल जजिरासँगको कुराकानीमा स्क्यानिङ मसिन प्रयोग गरेर हेर्दा बिस्फोट भएको भवनको भुइँ तल्लामा ‘पल्स’ र ‘सास फेरिरहेको’ संकेत भेटिएको जानकारी दिए । उनले त्यो विशेषगरी बालकको हुनसक्ने आशंका गरेका...
भदौ १९, काठमाडौं । गत निर्वाचनमा हार भोगेका नेताहरुलाई नेपाल कम्युनिस्ट पार्टी नेकपाले संघीय सांसद बनाएको छ । गोरखाबाट निर्वाचन हारेका नारायणकाजी श्रेष्ठ र बर्दियाबाट हारेका वामदेवगौत सांसद हुने भएका छन् । प्रनिनिधिसभाको गत निर्वाचनमा बर्दिया–१ बाट पराजित नेता वामदेव गौतम संघीय संसदको सांसद हुने चाहना पूरा भएको छ ।पार्टीका उपाध्यक्षसमेत रहेका गौतमलाई राष्ट्रियसभामा लैजान सत्तारुढ दलमा...
भदौं १८, भक्तपुर । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले गरेको निर्णयप्रति उपत्यका नगरपालिका फोरमले आपत्ति जनाएको छ । उपत्यकामा तेस्रो चरणको निषेधाज्ञा आज विहिबारबाट सुरु भएको छ । विहिबार फोरमका उपाध्यक्ष चिरीबाबु मर्हजन (प्रमुख, ललितपुर महानगरपालिका) र सचिव मदन सुन्दर श्रेष्ठ (प्रमुख, मध्यपुरथिमि नगरपालिका)द्धारा जारी विज्ञप्तिमा भनिएको छ, २ बजेदेखि ९ बजेसम्म निर्माण सामाग्रीका पसल खोल्ने निर्णयप्रति...
भदौ १८, काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारका लागि लागु गरिएको बन्दाबन्दी र निषेधाज्ञाका कारण उद्योग वाणिज्य क्षेत्रमा परेको असरलाई तुरुन्त सम्बोधन गर्न सरकारसँग माग गरेको छ । पार्टीको उद्योग तथा व्यापार केन्द्रीय विभागको बुधबार भएको भर्चुअल बैठकले बन्दाबन्दी र निषेधाज्ञाका कारण उद्योग तथा व्यापार क्षेत्रले आर्थिकरूपमा ठूलो क्षति व्यहोर्नु परेको र थुप्रै उद्योगधन्दा तथा...
भदौ १८, काठमाडौं । रातो मछिन्द्रनाथको रथ ललितपुरका युवाहरुले स्वस्फुर्त रथ तानेपछि पुल्चोकमा तनाव भएको छ । प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको छ । प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरे । त्यसलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ । अहिले पनि तनाव कायमै...
भदौ १८, सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिका–७, रोडिकोटको ठूलो गाउँमा आगलागीबाट ६ घर नष्ट भएका छन् । स्थानीय जोखे जैसीको घरबाट सल्किएको आगोले आसपासका ६ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको कर्णाली प्रदेश प्रहरी प्रमुख ९डीआइजी० बसन्तकुमार पन्तले जानकारी दिए । बुधबार साँझ ६ बजे जोखे जैसीको घरबाट सल्किएको आगोले छिमेकी हरीभक्त जैसी, मथान जैसी, अनिलाल जैसी, देवीसिङ जैसी र रुपकला...
भदौ १८, बागलुङ । ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा १३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले १३ घर बगाएर क्षति बनाएको छ । घटना स्थलमा फेला परेका ८ जनाको शवको पहिचान हुन सकेको...
भदौ १८,काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बिहीबार बिहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठक चार घण्टा पछि सरेको छ । बिहीबार दिउँसो ३ बजे बस्नेगरी सरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । यसअघि बिहीबार बिहान ११ बजेलाई बैठक तय गरिएपनि गृहकार्य नपुगेको भन्दै बैठक सारिएको हो । आजको बैठकमा नेकपा विवाद समाधान गर्न गठित...
भदौ १७, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पारिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पार्ने निर्णय गरेको हो । साथै बैठकले आजबाट ७ दिनका लागि निषेधाज्ञा थप गर्ने निर्णय समेत गरेको छ । बैठकपछि उपत्यकामा निषेधाज्ञाको समयमा गर्न हुने र नहुने कामको सूची समेत...
भदौं १७, काठमाडौं । विश्वभर एकै दिन २ लाख ५९ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ५९ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै बुधबार यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या २ करोड ५८ लाख ९१ हजार १७४ पुगेको छ । संक्रमितमध्ये १ करोड ८१ लाख ८५ हजार...